भृकुटीमण्डपमा सिटिजन फुटवयरको ‘बृहत जुत्ता चप्पल व्यापार मेला’


काठमाडौं । सिटिजन फुटवयरको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा ‘बृहत जुत्ता चप्पल व्यापार मेला’ संचालन भएको छ । वैशाख २६ गते मेला सुरु भएको हो । मेलामा ११ वटा कम्पनीका जुत्ता चप्पलहरु बिक्री तथा प्रदर्शनीमा राखिएको छ ।

मेलामा सिटिजन फुटवयर, एसबिआर सुज, शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, रन सुज, हिमानी सुज र बाम्बो सुजका जुत्ता चप्पल मेलामा राखिएका छन् ।

एउटै छानामुनी ग्राहकले आफ्नो रोजाई र आवश्यकता अनुसारको मूल्य तथा ब्राण्डका जुत्ता चप्पल खरिद गर्ने अवसर मेलामा मिल्ने नेपाल छाला तथा जुत्ता उत्पादक संघका पूर्व अध्यक्ष एवं एसबिआर सुजका सञ्चालक बासु रोकाले जानकारी दिए ।

जुत्ता चप्पल खरिदका लागि भृकुटमण्डपमा आयोजित जुत्ता चप्पल मेला आकर्षक गन्तव्य बन्ने उनले विश्वास व्यक्त गरे । यस अगाडि आयोजित मेला भन्दा अझै बढी आकर्षक छुटको व्यवस्था मेलामा उपलब्ध रहेको आयोजकको भनाइ छ । सस्तोदेखि महंगोसम्मका सबै प्रकारका जुत्ता चप्पल मेलामा उपलब्ध रहेको आयोजक राजेश विशुंखेले बताए ।

 

प्रतिक्रिया दिनुहोस