ओलम्पिक एक वर्ष पछि सर्यो, जापानलाई ६ खर्ब घाटा


एजेन्सी, १२ चैत । कोरोनाका कारण टोकियो ओलम्पिक २०२० एक वर्षपछि सर्दा जापानलाई ६ खर्ब रुपैयाँ बढी घाटा हुने भएको छ ।

संसारभर फैलिरहेको कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र जापान एक वर्षपछि ओलम्पिक आयोजना गर्न सहमत भएका हुन् ।

आयोजक कमिटीका सिइओ तासिरो मुटोले ओलम्पिक एक वर्षपछि धकेलिँदा आर्थिक रुपमा घाटा पर्ने बताएका छन् ।

यता जापानको कन्साइ विश्वविद्यालयकी अर्थशास्त्रकी प्राध्यापक कात्सुहिरो मियामोटोले ओलल्पिक सार्दा जापानले बेहोर्नु पर्ने रकमको हिसाब निकालेकी छिन् । उनका अनुसार जापानले ५.७ बिलियन अमेरिकी डलर (६ खर्ब ९६ अर्ब २० करोड रुपैयाँ) घाटा पर्ने छ ।

जुलाई २४ देखि अगस्ट ९ सम्मका लागि तोकिएको ओलम्पिकका लागि जापानले कुल १२.६ बिलियन अमेरिकी डलर खर्च गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस