बिहिबार बेलुका पश्चिम नेपालको आकाशमा देखिएको अनौठो ज्वाला उल्का पिण्ड हुन सक्ने, नासोले निकाल्यो यस्तो विज्ञप्ति (विज्ञप्तिसहित)


काठमाडौं, १३ चैत्र । बिहिबार बेलुका नेपालको पश्चिमी भेगबाट आकाशमा देखिएको चम्किलो अनौठो बस्तु उल्का पिण्ड हुन सक्ने नेपाल एष्ट्रोनोमिकल सोसाईटि (नासो)ले जनाएको छ । ज्वाला जस्तो अनौठो बस्तु पश्चिम तर्फ गएको देखेपछि उक्त तस्विर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

यसै बीच बिहिबार अबेर नासोले विज्ञप्ति जारी गरी गण्डकी प्रदेशमा खसेको हुन सक्ने भएकाले आफ्नो वरपर केही खसेको जानकारी भए जानकारी गराउन समेत आग्रह गरेको छ ।

बिहिबार अबेर नासोले विज्ञप्ति जारी गरी गण्डकी प्रदेशमा खसेको हुन सक्ने भएकाले आफ्नो वरपर केही खसेको जानकारी भए जानकारी गराउन समेत आग्रह गरेको छ । स्थानीयले अनुसन्धानमा सहयोग गर्न समेत नासोको अनुरोध छ ।

यस अघि नासाले पनि मार्च २६ मा चार वटा उल्का पिण्ड पृथ्वी नजिक हुदै खस्ने प्रक्षपन गरेको थियो । नासाले उक्त उल्का पिण्डको 2020 FV4, 2020 FP, 2012 XA133 र 2020 FV3 नामाकरण गरेको थियो । तर यी उल्का पिण्डहरु पृथ्वीको नजिक भएर खसेपनि पृथ्वीमा भने नखस्ने जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस