स्पेनमा चार नेपाली कोरोना सं’क्रमित, ३ जनाको अवस्था सामान्य, एक जनालाई आइसीयुमा भर्ना


बार्सिलोना, १४ चैत । स्पेनको क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका चार जना नेपालीलाई कोरोना सं’क्रमण पुष्टि भएको छ । अहिले उनीहरूको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ ।

बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ । अन्य ३ जना भने हस्पितालेद क्षेत्रका हुन् । उनीहरु त्यहाँस्थित अस्पतालमा भर्ना भएका छन् ।

सं’क्रमित ब्यक्तिहरुको विवरण भने गोप्प राखिएको छ । स्रोतका अनुसार चारै जना सं’क्रमितहरू पुरुष हुन् । तीन जनाको अवस्था सामान्य रहे पनि एक जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले नेपालीहरु सं’क्रमित भएको सूचना दूतावासलाई प्राप्त भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस