रहिनन् ५०-६० को दशककी चर्चित बलिउड अभिनेत्री निम्मी


मुम्बई, १४ चैत । बलिउड चर्चित अभिनेत्री निम्मीको बुधबार निधन भएको छ । उनि सन् १९५० र ६० को दशककी चर्चित अभिनेत्री हुन् ।

‘आन’, ‘बरसात’ र ‘दीदार’ जस्ता चर्चित हिन्दी फिल्ममा काम गरिसकेकी ८८ वर्षीय निम्मीको बुधवार दीर्घ रोगका कारण नि’धन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

निम्मीको परिवारले जनाएअनुसार उनलाई श्वासप्रश्वास सम्बन्धी समस्या थियो र जुहू अस्पतालमा भर्ना भएकी थिइन् । बिहीबार मुम्बईमा उनको दा’ह’सं’स्कार गरिएको छ ।

महबुब खानको आन (१९५२), दाग (१९५२), अमर (१९५४), उडन खटोला (१९५५), बसन्त बहार (१९५६) र मेरे महबूब (१९६३) उनका सम्झनलायक फिल्ममध्ये हुन्।

उनको वास्तविक नाम नवाब बानो थियो। निम्मी नाम फिल्म निर्माता राज कपुरले राखिदिएका थिए। राज कपुरले निम्मीलाई पहिलोपटक आफ्नो फिल्म ‘अन्दाज’ को सेटमा देखेका थिए।

प्रतिक्रिया दिनुहोस