क्यालिफोर्नियाबाट भरखरै फर्किएकी बलिउड अभिनेत्री नितुले भनिन् – ‘भारत आइपुग्दा मलाई भाइरस बोकेर आएको नजरले हेरियो’


मुम्बई, १४ चैत । कोरोना भाइरसका कारण बलिउड अभिनेत्री नितु चन्द्रा क्यालिफोर्नियाबाट भारत फर्केकी छन् । उनी त्यहाँ एक्सन थ्रिलर फिल्मको सुटिङका लागि गएकी थिइन् । कोरोना भाइरसका कारण उनका अभिभावक धेरै चिन्तित भएकाले उनी फर्केकी हुन् ।

नितुले आफ्नो क्यालिफोर्निया यात्राको अनुभव सार्वजनिक गर्दै भनिन्, ‘त्यहाँ बस्न मुस्किल छ’, त्यहाँ सबै बन्द भइरहेको थियो । रेस्टुराँदेखि बार र कार्यकक्षसमेत बन्द थिए । हामीलाई सीमित खानेकुरा दिइन्थ्यो । थप खाना माग्दा भोलि आउन भनिन्थ्यो । परिवारभन्दा टाढा बसेर बाँच्न मुस्किल छ ।’

‘मेरा अभिभावकले यहाँ जस्तो अवस्थामा भए पनि फर्कन आग्रह गरे’, उनले भनिन् । क्यालिफोर्नियामा रहँदा सथीभाइको असाध्यै चिन्ता लागेको पनि उनले बताइन् ।

‘एयरपोर्टमा सबै सन्देहको नजरले हेर्थे’, नितुले भनिन्, ‘इन्डिया फर्कंदा एयरपोर्टमा खासै दुःख त भएन तर यस्तो लागिरहेको थियो कि कुनै फिल्मको दृश्य चलिरहेको छ । यो निकै भयावह थियो । मान्छेहरू मलाई भाइरस बोकेर आएको नजरले हेरिरहेका थिए । देशमा प्रवेश गर्नु पहिले मेरो राम्ररी चेक अप भयो । अहिले म परिवारसँग क्वालिटी टाइम बिताइरहेकी छु ।’

प्रतिक्रिया दिनुहोस