होम क्वारेन्टाइनमा रहेका स्वस्तिमा गितार बजाउदै, निश्चल गीत गाउँदै (भिडियो)


काठमाडौं, १५ चैत । सरकारले देशैभर लकडाउन गरेपछि यतिबेला विभिन्न क्षेत्रका मानिसहरु घरमै थन्किएर बसेका छन् । जसमा कलाकार नपर्ने कुरै भएन । घरमै बसिरहेका कलाकारहरुले क-कसले के-के गरिरहेका छन् भन्ने बारेमा सामाजिक संजालमा अपडेट पनि गरीरहेका छन् ।

यसैबीच नेपाली चलचित्र जगतका चर्चित जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्काले भने यो समयलाई घरमा रमाइलो गर्दै बिताइरहेको जानकारी दिएका छन् । केही दिनअघि स्वस्तिमाले छतमा जिस्किरहेको भिडियो शेयर गरेकी थिइन् । यतिबेला उनले अर्को भिडियो शेयर गरेकी छिन् ।

भिडियोमा स्वस्तिमाले गितार बजाउँछिन् भने निश्चलले गीत गाइरहेका छन् । निश्चल निर्देशक मात्र नभएर गायक पनि हुन् । उनले निकै मिठो गीत गाउँछन् ।

स्वस्तिमाले भिडियो शेयर गर्दै लेखेकी छिन् – आफ्नो ख्याल गर्नुस् है !

हेर्नुस् भिडियो:

प्रतिक्रिया दिनुहोस