हेटौंडामा मध्येराती गो’लि चल्यो, प्रहरी हवल्दार घाइते


मकवानपुर, १६ चैत । जिल्लाको हेटौंडा उप-महानगरपालिका १३ पदमपोखरी साङ्गेचोकमा गो’लि चलेको छ । शनिबार राती पदमपोखरीको मिलनटोल र साङ्गेटोलका युवाहरूबीच वि’वाद भएपछि नियन्त्रणका लागि गएको प्रहरीले तीन राउन्ड हवाइ फायर गरेको थियो । उक्त घटनामा एकजना प्रहरी हवल्दार घाइते भएका छन् ।

म’दिरा से’वन गरी हो-हल्ला गर्दै हिँडेका मिलनटोलका युवाहरुलाई साङ्गेटोलका युवाहरुले हो-हल्ला नगर्न आग्रह गर्दा मध्यराती झ’गडाले उग्ररुप लिएको थियो । उक्त झ’गडा साम्य पार्नका लागि प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक सुजन पाठकले जानकारी दिए ।

हवाई फायर गरेपछि झै-झगडामा संलग्न मिलनचोकका युवाहरू फरार भएका र खोजतलास गर्ने क्रममा मिलानचोक १२ बस्ने वर्ष २० को रोशन बललाई प्रहरीले फेला पारेको थियो । निजलाई नियन्त्रणमा लिन खोज्दा ढु’ङ्गा’मु’ढा प्र’हार गरेकोले नियन्त्रणमा लिन प्रहरीले एसएलआरबाट थप २ राउण्ड हवाई फायर गरेको पाठकले बताए ।

स्थिति नियन्त्रणमा लिन खोज्दा घाईते भएका हवल्दारको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस