लकडाउन उल्लङ्घन गर्ने युवालाई दुई प्रहरीले नि’र्मम तरिकाले कु’ट’पि’ट गरेको भिडियो भाइरल ! (भिडियाे हेर्नुहोस्)


इटहरी, १२ चैत । सुनसरीको इटहरी उपमहानरगपालिका अन्तरगत पर्ने खनारमा प्रहरीले साइकलयात्रीमाथि नि’र्मम तरिकाले कु’ट’पि’ट गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।

लकडाउनको अवज्ञा गर्दै बुधबार बिहान ती युवक साइकलमा बाहिर निस्केपछि प्रहरीले उनीमाथि कु’ट’पि’ट गरेको हो ।

भिडियोमा कोरोना रोकथामका लागि सरकारले लागू गरेको लकडाउन कार्यान्वयमा खटिएका दुई प्रहरी कर्मचारी सडक किनारमा बसिरहेका देखिन्छन् ।

साइकल उनीहरुको छेऊ आएपछि एकजनाले ‘यहाँ आइज’ भनेर युवकलाई बोलाउँछन् ।

‘के काम थ्यो ?’, एक प्रहरीले प्रश्न गर्छन् ।

‘यहाँ अंकललाई भेट्न आएको…’, युवकले जवाफ फर्काउँछन् ।

त्यसपछि बोलेको आवाज स्पष्ट सुनिँदैन ।

‘अंकललाई… के विशेष काम… ?’

‘सँगै काम गथ्र्यौं, त्यही भएर भेट्न आएको’

‘ए… हो विशेष काम केही छैन, तेरो ?’

‘केही छैन ।’

यति भन्ने वित्तिकै ‘ए… हो विशेष काम केही छैन तेरो’ भन्दै एक जना प्रहरी कर्मचारी लाठी लिएर उठ्छन् । र, युवकलाई हिर्काउँछन् ।

युवकले विस्तारै साइकल पछाडि सार्छन् ।

अर्को प्रहरीले फेरि विशेष काम केही थिएन ? भनेर सोध्छन् ।

‘विशेष… त्यही अहिले पैसा निकाल्नुथियो…’, युवकले बोल्दाबोल्दै ती प्रहरीले फेरि लाठी प्’रहार गर्छन् ।

चारपटक ला’ठी हा’नेपछि अझै अटेरी गर्दोरहेछ भनेको सुनिन्छ । त्यसपछि युवक साइकल चढेर फर्किन्छन् ।

यो भिडियो हरेर सामाजिक सञ्जालमा प्रहरीलाई धन्यवाद दिइएको छ । तर, नेपालको कानूनअनुसार सर्वसाधारणलाई प्रहरीले त्यसरी दु’र्व्य’वहार गर्न मिल्दैन । त्यसैले प्रहरी प्रधान कार्यालय, नक्सालले दुवैजना प्रहरीलाई कारवाही गर्ने तयारी गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एआईजी शैलेश थापा क्षेत्री भन्छन्, ‘यो घटना इटहरी, खनारको रहेछ । दुवैजनालाई विभागीय कारवाही हुन्छ ।’

प्रतिक्रिया दिनुहोस