खानेपानी मन्त्री बिना मगरले छोराको ‘ना’ङ्गो’ भिडियो सार्वजनिक गरेपछि आयो गा’लीको वर्षा !


काठमाडौं, १२ चैत । विश्व कोरोना भाइरसले आक्रान्त बनेको बेला खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले भने घरमा छोरो खेलाएर बसेको भिडियो ट्वीटरमार्फत सेयर गरेकी छिन् ।

ललितपुरको खुमलटारमा रहेको घरको बाहिर बगैचामा छोरालाई तेल लगाएर बसेको भिडियो मन्त्री मगरले मंगलबार सर्वजनिक गरेकी हुन् । उनले सो भिडियो कुनै सम्पादन नगरेर सार्वजनिक गरेकी छिन् । उनले ‘लडाइँ आमा छोराको’ क्याप्सन राखेर उक्त भिडियो पोष्ट गरेका छन् ।

छोराको हेरचाह गर्नु मन्त्री नै भएपनि आमा भएका कारण मगरको दायित्व र जिम्मेवारी हो । तर मन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले आफ्नै छोराको ना’ङ्गो भिडियो बनाएर सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गर्नु उचित होइन भन्ने टिप्पणीहरू आएका छन् ।

सो भिडियोमा टिप्पणी र रिट्वीट गर्नेहरूले मन्त्री मगरको आलोचना गर्दै भिडियो हटाउन सुझाव दिएका छन् । भिडियो सार्वजनिक गर्नु नै थियो भने छोरोको गो’प्य अं’ग र आँखा लुकाइदिएर सार्वजनिक गर्नुपर्ने थियो भन्दै धेरैले कमेन्ट गरेका छन् ।

उक्त भिडियो हेर्नुहोस्-

प्रतिक्रिया दिनुहोस