नेपालको क्वारेन्टाइन यस्तो रहेछ, हेर्नुस भिडियो (भिडियो)


विराटनगर, १७ चैत । कोरोना सं’क्रमित धनगढीका युवकसँगै दुबईबाट आएका एक व्यक्ति र उनको परिवारका सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ । ६ चैतमा सँगैआएका धनगढीका साथीलाई कोरोना सं’क्रमण पुष्टि भएपछि विराटनगरका पुरुषलाई परिवारसहित क्वारेन्टाइनमा राखिएको हो ।

वैदेशिक रोजगारीबाट एक छोरी र श्रीमतीसहित फर्किएका युवकको परिवारलाई विराटनगर – १९ मा निर्माण भएको क्वारेन्टाइनमा राखिएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।

धनगढीका युवकलाई १४ चैतमा कोरोना सं’क्रमण पुष्टि भएको थियो । उनी ११ चैतमा अस्पताल भर्ना भएका थिए । सँगै आएको साथीलाई कोरोना सं’क्रमण पुष्टि भएपछि विराटनगर– १५ बस्दै आएका युवकले वडा अध्यक्ष असलम आलमलाई फोन गरेका थिए । बाहिर बस्दा संक्रमणको जोखिम बढ्ने भएकाले उनलाई शनिबार क्वारेन्टाइनमा लगिएको हो ।

३ चैतमा विराटनगरका युवक र सं’क्रमित युवक दुबईबाट दिल्ली हुँदै काठमाडौं एउटै फ्लाइटमा आएका थिए । विराटनगर र धनगढीका युवक साथी हुन् ।

क्वारेन्टाइनमा राखिए पनि उनको कोरोना सं’क्रमण परीक्षण गरिएको छैन । विराटनगर महानगरपालिकाले सोमबार ती युवक र उनको परिवारको स्वाब लिने जनाएको छ ।

नेपालको क्वारेन्टाइन यस्तो हुने रहेछ हेर्नुस –

प्रतिक्रिया दिनुहोस