कोरोना कहरकाबीच अमेरिकी डलर बलियो बन्दै, अन्य देशको मुद्राको भाउ कति पुग्यो ? (तालिकामा हेर्नुहोस्)


काठमाडौं, १८ चैत । नेपाली बजारमा साताको तेस्रो दिन आज मंगलबार अमेरिकी डलरसहित धेरै देशको विनियमदर बढेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय २० रुपैयाँ ६८ पैसा तथा बिक्रिदर १ सय २१ रुपैयाँ २८ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४९ रुपैयाँ ७२ पैसा र बिक्रिदर १ सय ५० पैयाँ ४७ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ २ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २८ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया दिनुहोस