कोरोना भाइरसका कारण कंगोका पूर्व राष्ट्रपति ओपाङ्गोको नि’धन


एजेन्सी, १८ चैत । कोरोना भाइरस (कोभिड-१९)बाट कंगो गणराज्यका पूर्व राष्ट्रपति ज्याक जोआकिम योहाम्बी ओपाङ्गोको नि’धन भएको छ ।

१० बर्षसम्म उनले फ्रान्समा निर्वासित जिवन बिताएका ८१ वर्षीय ओपाङ्गोको फ्रान्समै नि’धन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनी एक सेना अधिकारी थिए । जो दक्षिण अफ्रिकी राष्ट्रको जनरल बने ।

उनले सन १९७७ देखी १९७९ सम्म कंगो-ब्राज्जाभिलको सत्ता सम्हालेका थिए । त्यसपछि उनलाई हालका राष्ट्रपति डेनिस ससाउ नेग्गेसोले अपदस्त गरेका थिए ।

सन् १९९१ मा बहुदलीय प्रजातन्त्र आउनु अघि उनले धेरै बर्ष जे’ल जिवन बिताए । १९९३ बाट १९९७ को गृहयु’द्ध सुरु नभएम्म उनी देशको प्रधानमन्त्री समेत बनेका थिए ।

प्रतिक्रिया दिनुहोस