कोरोनाविरुद्ध सरकारले चालेको कदमको प्रशंसा गर्दै कोरोना कोषमा २ करोड जम्मा गर्ने पूर्वराजा शाहको घोषणा


काठमाडौं, १८ चैत । कोरोना सं’क्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहले दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । पूर्वराजा शाहले मंगलबार एक प्रेस वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन्

बक्तब्यमा भनेका छन्, ‘दुःख-कष्ट र आपत-विपदको यो घडीमा सबैका साथमा साथ दिँदै हाम्रोतर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस सं’क्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौं ।’

पूर्वराजा शाहले राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्रसरकारी पक्षबाट भैरहेको कामको प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

“लकडाउन बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैह्रजिम्मेवार हुने छुट कसैलाई पनि छैन”, पूर्वराजा शाहले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस