पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने तिन मध्ये २ जनामा कोरोना संक्रमणको पुष्टि, एकको रिपोर्ट आउन बाँकी


काठमाडौं, २ वैशाख । सोमबार र्यापिड टेस्टमा पोजिटिभ देखिएपछि काठमाडौँ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट एकै परिवारका तिन जनालाई थप परिक्षण र उपचारको लागि पाटन अस्पताल भर्ना गरिएको थियो । ति तिन जना मध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । ८१ वर्षीया आमा र ५७ वर्षीय छोरामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

बाँकी एक जनाको रिपोर्ट भने आउन बाँकी रहेको छ । उनीहरु २८ दिन अगाडी गत चैत्र ५ गते बेलायतबाट नेपाल आएका थिए । सोमबार नै सनसिटी प्रहरीद्वारा सिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस