नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नेपालको नक्सा जारी गर्ने


काठमाडौं, २ जेठ । नेपाल सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमिलाई समेटेर नक्सा जारी गर्ने बताएको छ । संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका क्षेत्र समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरिने बताएकी हुन् ।

‘लिम्पियाधुरा ,लिपुलेक र कालापानी नेपालको भूमी हो । त्यसलाई प्राप्त गर्न ठोस कदम चालिने छ । तद अनुसार नै छुटेको भूमि कायम गरी नेपालको नक्सा सार्वजनिक गरिने छ – राष्ट्रपति भण्डारीले भनिन ।’ ऐतिहासिक सन्धी, नक्सा, तथ्य र प्रमाणका आधारमा कुटनीतक माध्यमबाट सीमा सम्बनधमा बाकी रहेका विषयको समाधान गरिने राष्ट्रपतिले बताएकी छन ।

केहि दिन अगाडी मात्र भारतले कालापानीबाट चिन जोड्ने सडकको उद्घाटन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस