आज एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ, १३ । कोरोना भाइरस कोभिड-१९ बाट मंगलबार थप ९९ जना संक्रमित भएका छन् । यो संगै नेपालमा कुल संक्रमितको संख्या ७७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस सम्मेलनमा विभिन्न प्रयोगशालामा गरिएको परिक्षणको परिणाम सार्बजनिक गरिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परिक्षणमा ३५ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

भेरी अस्पतालमा गरिएको परिक्षणमा एक जना, रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा ७ जना, पोखरामा दुई जना, सुर्खेत प्रादेशिक अस्पतालमा १२ जना, नेपालगंजमा गरिएको परिक्षणमा ७ जना, दाङ राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा २४ जना गरेर आज एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस