संशोधन प्रस्ताव फिर्ता लिन सरिता गिरीलाई आफ्नै पार्टीको निर्देशन, नगरे कारबाही गरिने (विज्ञप्तिसहित)


काठमाडौं, २८ जेठ । जनता समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीले संसदमा व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ ।

गिरीले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दै संशोधन दर्ता गराएपछि पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै उनलाई सो संशाेधन फिर्ता लिन निर्देशन दिएको छ ।

त्यति मात्र हैन सो प्रस्ताव फिर्ता नलिए पार्टीले कारबाही गर्ने चेतावनी समेत दिएको छ । सांसद गिरीले आज संसद सचिवालयमा दर्ता गराएको विधेयकमाथिको संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा २ हटाउन माग गरेकी छिन् ।

गिरीको संसदमा भारतीय मोह देखेर अन्य संसदहरु नै उनि प्रति खनिएका थिए । भारतीयको पक्षमा अभिव्यक्ति दिदै आएपछि देशभर उनको बिरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस