कार्टुनमा भेटिएकी भनिएकी शिशुकी आमा रुदै स्पष्टिकरण दिन आइन मिडियामा, यस्तो रहेछ वास्तविकता (भिडियो)


काठमाडौं, २० साउन । गत साउन १२ गतेकाठमाडौँको कपन स्थित एक झाडीमा फालिएको अवस्थामा फेला परेको भनिएकी शिशु बालगृह कै मिलेमतोमा रचिएको प्रपन्च रहेको खुल्नमा आएको छ । केयर बालगृहका संस्थापक पुष्पा अधिकारीको मिलेमतोमा पैसा कमाउन कै लागि रचिएको कथा रहेको पुष्टि भएको छ ।

प्रारम्भिक अनुसन्धानमा शिशुको आमाको पनि मिलेमतो भएको खुले पनि आमा भने निर्दोष रहेको खुल्नमा आएको छ । शिशुकि आमाले पनि मिडियामा आफ्नो बच्चालाई कार्टुनमा फालेको भनेर रिपोर्टिङ देखेपछि मात्र थाहा पाएको बताएकी छन् । सामाजिक संजालमा शिशुको आमालाई समेत गाली गलौज हुन थालेपछि उनि मिडियामा स्पष्टिकरण दिन आएकी छन । भिडियो हेर्नुहोस :

यो पनि – ‘द भ्वाइस अफ नेपाल’को आजको ताजा नकआउट एपिसोड हेर्नुहोस, फेरी आए गायक राजेश पायल राई (भिडियो हेर्नुहोस)

निक्कै सफल र चर्चित अन्तराष्ट्रिय फ़्रेन्चाइज गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन सुरु भएको छ । यो सिजन ३ को प्रतिस्पर्धामा १ सय २० जना प्रतियोगीले भाग लिँदै छन् । कार्यक्रम निर्देशक लक्ष्मण पौडेलका अनुसार प्रतियोगिताको डिजिटल अडिसनमा ४० हजार जनाले आवेदन दिएका थिए । जसमध्यबाट छानिएका १ सय २० जनाले शो को ब्लाइन्ड अडिसनमा भाग लिन पाउने भएका छन् ।

ब्लाइन्ड अडिसनबाट हरेक कोचले छानेका १२÷१२ जना भाग्यमानी प्रतिस्पर्धीले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् । यस सिजनमा भने एक जना कोच हेरफेर भएको छ । शो को कोचका रुपमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा अघिल्लो सिजन कै कोच निरन्तर रहेका छन् भने तृष्णा गुरुङ नया कोच आएकी छन। पुरा भिडियो यहाबाट हेर्नुहोस ।

यो पनि – आजको राशिफल : वि.सं.२०७८ साल असार १९ गते । शनिबार । ईश्वी सन् २०२१ जुलाई ०३ तारिख

वि.सं.२०७८ साल असार १९ गते । शनिबार । ईश्वी सन् २०२१ जुलाई ०३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ कृष्णपक्ष । तिथि– नवमी,बेलुकी ०७ बजेर २४ मिनेट उप्रान्त दशमी । नक्षत्र–रेवती,बिहान ०९ बजेर ०३ मिनेट उप्रान्त अश्विनी । योग– अतिगण्ड,दिउसो ०२ बजेर ४१ मिनेट उप्रान्त सुकर्मा । करण– तैतिल,बिहान ०६ बजेर ४३ मिनेट उप्रान्त गर,बेलुकी ०७ बजेर २४ मिनेट उप्रान्त बव । आनन्दादिमा–धाता योग । चन्द्रराशि–मीन,बिहान ०९ बजेर ०३ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १४ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०२ मिनेट । दिनमान ३४ घडी ३० पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा नजिक हुने समय रहेकोछ भने घर परिवार तथा आफन्तको साथ सहयोग पाईनाले मन प्रशन्न रहनेछ । समाजसेवामा समय दिन सक्दा मान तथा सम्मानमा बृद्धि भएर जानेछ । बिलाशी तथा भौतिक सम्पति तथा बस्तुको प्रयोग मार्फत रमाईलो गरि दिन बिताउन सकिनेछ । अध्ययन तथा अध्यापनमा समय दिनेहरुले भनेजस्तो सफलता हात लाग्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कामगर्ने सवालमा होसियार रहनुहोला काम बिगार्ने तथा तपाईको नकारात्मक सोच्नेहरु सक्रिय हुनेछन् । आम्दानि हुँने ठाउँमा सत्रुका आँखा लाग्न सक्छ ध्यान दिनुहोला । परिश्रको फल अरुलेनै हत्याउँन कोषिस गर्नेछन् । अध्ययनमा मन जानेछैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । दाजुभाईहरुको नराम्रा सल्लाह मान्दा काम बिग्रनेछ भने भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समय दिए अनुहार प्रतिफल ढिला प्राप्त हुनेछ । प्राकृतिक स्रोत तथा सरकारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अनाउबस्यक झन्झटमा फस्ने ग्रहयोग रहेकोछ । अध्ययनमा बाधा पुग्नेछ भने अरुका लागी समय खर्चिनु पर्नेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुदा दैनिक कामहरु प्रभावित हुन सक्छन् ध्यान दिनुहोला । प्रणय सम्बन्धमा मनमुटाब सिर्जना हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । समाजको मन जित्ने काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति बलियो हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईले शुरु गरेको कामलाई सहयोग हुँनेछ भने पैत्रिक धन सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना साथिभाई सँग भेटघाट गरि रमाईलो ठाउँमा स्वादिष्ट परिकारका साथ रम्न सकिनेछ । बिहानको समयमा यात्रा गर्दा ध्यान दिनुहोला

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावासायमा अलि बढिनै समय खर्चिदा राम्रो मुनाफा कमाउँन सकिनेछ भने बित्तिय क्षत्रसँग सम्बन्धित लगानि फस्टाएर जाने ग्रहयोग रहेकोछ । पुराना बिवादित बिषयहरुको फैसला तपाईकै पक्षमा हुने हुँदा मन प्रशन्न हुनेछ । बिहानको समय राम्रो रहेकोले सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिभिन्न अवसरहरुको सहि तरिकाले सदुयपोग गर्न सक्दा धेरै उपलब्धि हात पर्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धनको भण्डार बढ्नेछ । बौद्धिकताको उपयोग गरि आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । परिवार तथा जीवन साथिको सहयोगले एक किसिमको उत्साह जगाउनेछ । सुन्दर तथा बीलाशी पहिरनले व्याक्तित्वमा निखारता ल्याउनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) लगनशिल तथा ईमान्दारिता पुर्वक गरिएको कामहरु सफलता पुर्वक सम्पन्न गर्न सकिनेछ भने आर्थिक रुपमा सबल हुँने समय रहेकोछ । बिशिष्ट व्याक्तिहरुको संगतले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखा अगाडि देख्न पाउँदा मन प्रशन्न हुनेछ । आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला सामान्य मौषमि रोगको प्रकोप भने देखिन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बौद्धिक कार्यमा सहभागी हुने अवसर जुर्नेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्ति रहनेछ । शेयर बजार,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो फाईदा हुनेछ । स्कुल,कलेज तथा शैक्षिक क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन आर्जन गर्नुहुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै नया प्रेम प्रश्ताब आउनेछ । मन परको मानिसबाट भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) ईष्टमित्र तथा आफन्तको सल्लाहलाई शिरोधार्य गर्दै निर्णय आफै लिनुनै उत्तम रहेकोछ । पढाई लेखाईमा प्रसस्त समय खर्चिय मात्रा सफलता हात लाग्नेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा नचाहादा नचाहादै एक अर्कासँग टाडिनु पर्नेछ । स्वास्थ्यले साथ नदिदा कामहरु नहुने तथा ढिला हुनेछ । बिहानको समय राम्रो रहेकोले छोटो दुरिको रमाईलो यात्रा हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) खेलकुद तथा खेलकुदसँग सम्बन्धित कामहरुबाट अपेक्षित नतिजा हात लगाउँन सकिनेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ भने आफन्त तथा गुरुवर्गहरुको सहयोगले पढाई लेखाईमा भनजस्तो नतिजा हात पार्न सकिनेछ । दाजुभाई तथा छिमेकिको सहकार्यमा राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययनमा तपाईले दिएको समयबाट भनेजस्तो नतिजा हात लगाउँन सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँनाले बोलैरै राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा जीवन सथिको सहयोगले अगाडि बढ्न मद्दत गर्नेछ । पारिवारिक तथा सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

०००

साप्ताहिक राशिफल हेर्नुहोस : असार १३ गते आईतबारदेखी असार १९ गते शनिबारसम्मको

मेष (चू ,चे, चो, ला, लि, लू, ले, लो,अ) पढाई लेखाईमा राम्रो प्रगति हुनेछ भने बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तानबाट तपाईले गरेको काममा सहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो झनै कसिलो हुनेछ । मंगलबार तथा बुधबार समय अनुकुल नभई बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु हाबि हुनेछन् भने मामा तथा मावलि पक्षबाट आश्वासन मात्र पाईने हुनालेकुनै कुराको आस गर्नु गलत हुनेछ । मुद्धा तथा मामिलामा सामेल भए हारिने अधिक सम्भावना रहेको छ भने न्यायिक निर्णयहरु तपाईको बिपक्षमा फैसला हुनेछन् । बिहिबारबाट पुनह समय तपाईको पक्षमा आउँने हुनालेपारिवारिक तथा ब्याबसायिक यात्राको क्रममा बिभिन्न ठाँउ तथा दृष्यहरुको अबलोकन गर्ने अवसर प्राप्त हुनेछ । प्रेम गर्ने जोडिहरुका लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

बृष (ई,ऊ,ए,ओ, वा, वी, वू, वे, वा) साता मध्ययम रहेको छ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टायर जानेछ । मित्रहरुको लहै लहैमा लाग्नाले पढाई लेखाई कमजोर रहनेछ । छाति सम्बन्धि समस्याले नसताउँला भन्न सकिन्न । परिवार तथा आमासँग छुट्टिएर टाडाको यात्रा हुने हुनालेमन बिचलित हँुनेछ । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । बौद्धिक ब्यात्तित्व तथा अग्रजहरु सँग सैद्धान्तिक मतभेद रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । आफन्त तथा साथिभाईहरुले नै झुटो आश्वासन देखाएर रुपैया पैसा लिएर फरार हुन सक्छन ख्याल गर्नुहोला । बिहिबारबाट समय तपाईकै पक्षमा आउँने हुनालेवादबिवाद तथा प्रतिश्पर्धामा तिपाईकै जित हुनेछ । मुद्दा मामिला तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । व्यापार व्यावसाय फस्टाएर जाने तथा थप लगानि गर्ने बाताबरण बनेर जानेछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा) आन्तरिक यात्राको तय हँुनेछ भने गन्तब्यमा पुग्नको लागि बिभिन्न चुनौतिहरुको पार गर्नुपर्नेछ । माया प्रेममा धोका तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछन् । आर्थिक कारोबार बिग्रने हुदा काममा असजिलो महशुष हुनेछ । आफन्त,छिमेकि ,दाजुभाईबाट धोका तथा बिश्वासघात हुनेछ ध्यान दिनुहोला । राम्रा काम गर्दा गर्दै पनि बिपक्षीहरुले अनाबस्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउन खोज्नेछन् ख्याल गर्नुहोला । नाफाँ मुलक व्यावसाय भन्दा सेवामुलक व्यापार व्यावसाय फस्टाएर जानेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत हरु बढाउँन सकिनेछ । बिहिबारदेखि समय परिवर्तन भई बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुने हुनालेसफलताका सिडिहरु चढ्न सहज हुनेछ ।

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) निति निर्माण तहमा तपाईको प्रखर बोलिको उच्च सम्मान हुनेछ । तपाईको स्पष्ट बोलिले सबैको मन जित्नेछ भने थोरै बोलेर धेरै आय आर्जन गर्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई प्रसस्त आम्दानि गर्न सकिनेछ । पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ साथै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मंगलबारदेखि समय परिवर्तन भई प्रेम प्रशङगमा अबिश्वास सिर्जना हुने तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछन् । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय खर्चिनु पर्नेछ । आर्थिक कारोबार बिग्रने हुदा काममा असजिलो महशुष हुनेछ । कुनै योजना भए गोप्य राख्नुहोला दाजुभाई तथा छिमेकिले नराम्रो टिका टिप्पणि गर्न सक्छन् । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउन कडा मेहनेत गर्नु पर्नेछ । आधुनिक कृषि प्रणालि अवलम्बन गर्ने किसानहरुले हाते औजार र घरेलु सामान प्रयोग गरेर प्रशस्त आम्दानि गर्न सक्नेछन् ।

सिहं (मा, मी, मू , मे, मो, टा, टी, टू ,टे) साता उत्तम रहेको छ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुने तथा बिलाशिताका सामानहरु प्रयोग गर्न पाईने हुदा दैनिकि फेरिनेछ । बिद्या तथा प्रतिश्पर्धामा तपाई नै अब्बल हुनुहुनेछ भने बादबिवाद तथा मुद्दा मामिलामा तपाईकै जित निश्चित छ । जुझारु साथिहरुको संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउँनेछ । प्रतिष्ठित ब्याक्तिहरुको सँगत तथा भेटघाटले आर्थिक,सामाजिक तथा सास्कृतिक योजना बनाउन ठुलै सहयोग हुनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने हुनाले मन प्रशन्न रहनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । लेखन कलाको बिकाश हुनेछ भने लेखेरै आफ्ना कुराहरु जनमानसमा लैजान सकिनेछ । पराक्रम बडेर जानुका साथै कामहरु समयमा बन्नेछन् । माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण बढेर जानेछ । छिमेकि दाजुभाई तथा आत्मिय मित्रहरुबाट भने जस्तो आर्थिक तथा भावनात्मक सहयोग मिल्नेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) मान सम्मान तथा प्रतिष्ठामा दाग लाग्न सक्छ सजक रहनुहोला । सुधारात्मक कार्यमा खर्च बड्नेछ भने अनाबस्यक ठाउँमा बल तथा बुद्धि प्रयोग हुनेछ सजक रहनुहोला । बिदेशबाट आयात हुने सामानको व्यापार व्यावसाय बाट प्रशस्त नाफा कमाउन सकिनेछ भने बैदेशिक यात्रा तथा यात्रासँग सम्बन्धित कामहरु हुनेछन् । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुदा उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा खासै ध्यान नजादा नतिजा अरुकै पक्षमा जानेछ । प्रेम प्रशंगमा सामान्य घटपट हुने तथा पति पति बिच अबिश्वासको बाताबरण सिर्जना हुनेछ । राजनिति तथा समाजसेवामा बिचारको तालमेल नमिल्दा आलोचनाको शिकार होईएला ध्यान दिनुहोला । बिहिबारदेखि समय तपाईकै पक्षमा आई बोलिको प्रभाव बढ्ने हुदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुनेछ । धन सम्पति तथा आय आर्जनमा बृद्धि भएर जानेछ । आफन्त, साथिभाई तथा कुटुम्बसँगको सम्बन्धमा नयाँ अध्यायको शुरुवात हुनेछ ।

तुला ( रा, री रु, रे, रो, ता, ती, तू ,त) व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ भने अधुरा कामहरु पूरा हुनुका साथै नयाँ कामका अवसर आउनेछन् । बिषेश गरि तरल पदार्थ तथा खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरुको व्यावसाय फस्टायर जानेछ । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्ने तथा सवारी साधन प्राप्तिको योग रहेको छ । मंगलबार तथा बुधबार बिदेशमा उत्पादित सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ । बिदेशि भुमिमा रहेर कमाउँने रुपैया पैसाले घर परिवारको जीवन स्तर उकास्न महत्वपुर्ण भुमिका खेल्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँन सक्छ ध्यान दिनुहोला । बिहिबारदेखि राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ भने प्रसाशनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।

बृश्चिक (तो, ना, नी, नू ,ने, नो, या,यी, यू) प्रशासनिक कामकाजमा झन्झटिलो प्रक्रिया अवलम्बन गर्नुपर्नेछ भने सेवा प्रवाह गर्नेहरुले समयमा तपाईको काम नगर्दिनाले महत्वपुर्ण अवसरहरु गुम्न सक्छ । राजनिति तथा समाजसेवामा जनताबाट आलोचना सहनुपर्ला । कार्यक्षेत्रमा तपाईको निर्णको चर्को बिरोध हुनसक्छ अलि बढि ध्यान दिनुहोला । कामहरु बिग्रने हुदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । मंगलबार तथा बुधबारको समय राम्रो रहेकोले आर्थिक ब्याबस्थापनका मुद्दाहरु हल भएर जानेछन् भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । सानो तिनो प्रयत्नले ठुलै काम सम्पादन हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई उछिनेर अगाडि बढ्न सकिनेछ । सरकारि धन सम्पति तथा पैतिक धन हाललागि हुनेछ । उँपहार तथा चिठ्ठा प्राप्तिको योग रहेको छ भने प्रेम प्रशङगमा दिन बित्नेछ । बिहिबारबाट बैदेशिक क्षेत्र सँग सम्बन्धित व्यावसायमा लगानी बढाउँदा प्रशस्त नाफा कमाउन सकिनेछ भने गैर सरकारि सस्थामा सहभागि हुनुहुन्छ भने प्रशस्त आम्दानि हँुनेछ ।

धनु (ये, यो, भा, भी, भू , ध, फा, ढा, भे) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । सामाजमा तपाईको काम देखि सबै प्रशन्न हुनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । भाग्यले साथ दिने हुदा थोरै लगानिबाट प्रशस्त आम्दानि हुने तथा सानु प्रयत्नले ठुलो काम बन्नेछ । परिवार तथा आफन्त बाट तपाईको काममा रचनात्मक सहयोग हुनेछ । मंगलबार तथा बुधबार समय तपाईको पक्षमा नहुने हुनालेसरकारि तथा प्रशासनिक कामगर्दा ध्यान दिनुहोला झन्झटिलो प्रकृया अवलम्बन गर्नु पर्ने तथा अनाबस्यक मुद्दा मामिला बेहोर्नु पर्ने हुनसक्छ । सामाजिक कामको सिलसिलामा दिनभर ब्यस्त भएपनि प्रतिफल शुन्य जस्तै हुनेछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन बटुल्न निकैनै मेहनेत गर्नु पर्नेछ । बिहिबारबाट समयमा सुधार आई दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । मान्यजन तथा अग्रज ब्यात्तित्वबाट उपदेश तथा आशिर्बाद ग्रहण गर्ने अवसर जुर्ने हुनालेमन प्रशन्न रहनेछ । सरकारि तथा पैतृक धन तथा सम्पति हातलागी हुने योग रहेको छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू,खे, खो, गा, गी) बुधबार सम्मको समय मध्ययम रहेकोले घर परिवारमा दैनिक आउँने समस्याले सताउने हुदा मानशिक तनाब बढेर जानेछ । माया प्रेममा आफुले माया गरेको मान्छेसँग मनमुटाब बढ्ने छ भने दाम्पत्य जीवनमा सामान्य घटपटको योग रहेको छ । ऋण, रोग तथा संकटको सामना गर्नुपर्नेछ । गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । धर्मका नाममा गलत ब्याक्तिहरुले तपाईलाई प्रयोग गर्न सक्छन् ध्यान दिनुहोला । सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा संम्यमता अपनाउनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । सामाजिक काममा समय खर्च भए पनि जस पाईने छैन । सबैको सुझाब तथा सल्लाहलाई अध्ययन गरि निर्णय आफै लिनुहोला । बिहिबारदेखि राज्यमा सम्मानजनक उपस्थिति रहनेछ भने निति निर्माण तहमा तपाईको बर्चश्व कायम रहनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । सामाजिक काममा सफलता मिल्ने तथा मानसम्मान,ईज्जत,प्रतिष्ठामा बृद्धि भएर जानेछ ।

कुम्भ (गू , गे , गो, सा, सी, सू , से, सो, दा) माया प्रेम तथा पति पत्निबिच अबिस्वास सिर्जना हुन सक्छ अलि बढि सचेत हुनुहोला । साझेदारि व्यावसायमा साझेदारहरु बिच मनमुटाब बढ्नेछ भने व्यापार व्यावसायमा नाँफा कमाउन निकै मेहनेत गर्नुपर्नेछ । परिवारका सदस्यबाट तपाईको काममा सहयोग नहँुन सक्छ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछन् । काम गर्दा समयमा होसियार नहुदा अरुलेनै फाईदा लिन सक्छन् । स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । साथिभाई हरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । बिहिबारदेखि समय तपाईकै पक्षमा आई अध्ययन अध्यापनमा रुचि बढ्नेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ भने पदोन्नति हुने तथा नयाँ काम पाउने योग रहेको छ । राजनितिक भेटघाट तथा सामाजिक काममा ब्यस्त भईयला । कामहरु समयमा सम्पन्न हुने हुदा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ ।

मीन (दी दू थ झ ञ दे दो चा ची) प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु हाबि हुनेछन् भने पढाई लेखाईमा ध्यान नजानाले अरु भन्दा पछि परिनेछ । मुद्धा तथा मामिलामा सामेल भए हारिने अधिक सम्भावना रहेको छ भने न्यायिक निर्णयहरु तपाईको बिपक्षमा फैसला हुनेछन् । मंगलबार तथा बुधबाररको समय उत्तम रहेकोले नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिन रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । अध्ययन तथा अध्यापनमा अरुलाई पछि पारि अगाडि बढ्ने समय रहेको छ । ब्याबसायिक यात्राको क्रममा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्ने अवसर प्राप्त हुनेछ । बिहिबारदेखि समय तपाईको पक्षमा नहुने हुनालेन्यून पारिश्रमिकमा दिनभर समय लगानि गर्नुपर्दा मन खिन्न हुनेछ । व्यापार व्यावसायमा गरिएको लगानिबाट भनेजस्तो प्रतिफल पाँउन बढिनै समय खर्चिनु पर्नेछ । दिदिबहिनि सँग घरायसि कुरामा राज बाजिने हुदा दैनिक कामगर्न असजिलो महशुष हुनेछ ।

तपाईको दिन शुभ रहोस ।

प्रतिक्रिया दिनुहोस