पुर्वमा फेला परे स्वर सम्राट नारायण गोपालका गितहरु हुबहु गाउने मानिस, गरिबीले प्रतिभा प्रस्फुटन गर्न नसकेको भन्दै भावुक बने (भिडियो)


झापा, ३१ साउन । पुर्बबाट आजभोलि एकपछी अर्को सुमधुर आवाजले नेपाली गित सङ्गीतलाई धेरै माथि पुर्याउदै गरेको अवस्थामा फेरि एकपटक ४८ वर्षीय अमित कुमार राई मिडियामा आएका छन ।

जसको आवाजमा छुट्टै जादु रहेको पाइन्छ । स्व. स्वर सम्राट नारायण गोपालका गितहरु दुरुस्तै गाएर चर्चामा आएका उनमा अदभूत लुकेको प्रतिभा भेटिन्छ । घर पथरी सनिस्चरेमा बसोबास गर्ने जादुमय स्वरका धनी अमित कुमार राईको सानैदेखीको सपना गित गाउने रहेको बताउदै आखाभरी आँसु बनाए । सपना गायक बन्ने भएपनी बाध्यताले केही गर्न नसकेको र अहिले मात्र मिडियाले खोजी गरेको र आफू मिडियामा छाउदै गर्दा भावुक हुँदै सबैलाई धन्यवाद दिए ।

घर परिवार आफैले हेर्नुपर्ने अनि घरको आर्थिक अवस्था एकदमै नाजुक भएकाले गित रेकर्ड गर्न नसकेका उनको कहानी बेग्लै छ । चौबिसै घन्टा रेडियो बोकेर हिड्ने गरेका उनले आजसम्म कहि कतै गित संगीत सिक्ने मौका पाएका छैनन तर उनको गायकी देखेर जो कोहि चकित पर्छन । सम्भु राई, जितेन राई, स्वर सम्राट स्व नारायण गोपाल,उधित नारायण झा, लगायत धेरै श्रस्ठाहरुको गित जस्ताको त्यस्तै नबिगारी गाउने उनको क्षमता देखेर अहिले सबै छक्क पर्ने अवस्था आएको छ । सुपर अनलाइन टिभीका संचारकर्मी तथा कलाकार समीर सुवेदीले लिएको अन्तर्वार्तामा उनले निकै राम्रा राम्रा गितहरु एकपछी अर्को गर्दै गाए ।

उनले गित गाइरहदा केही समय अगाडी ५ रुपैयाँमा खाना बेचेर अनि लाखौ ठगी गरेर भागेकालाई भारत सम्मै पुगेर समातेर रामधुलाइ गरेर प्रहरीको जिम्मा लगाउन सफल कुमार राई भावुक बने कुमारका आँखा रसाए । कुमारले गित रेकर्ड गराउन आफुले सहयोग समेत गर्छु भनेका छन । गरिबि अनि बाध्यताले आफुले केहि गर्न नसकेको उनि बताउछन ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस