झापामा फेरि भेटिइन जादुमय स्वरकी धनी चेली (भिडियो)


झापा । अर्की झापाली चेलीको यस्तो जादुमय स्वर,एलीना र रचना जस्तै मीठो आवाज,मिडियाले नदेखेको सबै चकित पार्ने कला (भिडियोमा हेर्नुहोस) पुर्बबाट आजभोलि एकपछी अर्को सुमधुर आवाजले नेपाली गित सङ्गित छेत्रमा आफ्नो छुट्टै डेरा जमाउन थालेको छ । अहिले फेरि एकपटक एउटि सुन्दरी सारै मीठो स्वरकी धनी मिडियामा आएकी छिन ।

जसको आवाजमा छुट्टै जादु रहेको पाइन्छ । निशान भट्टराई,एलिना चौहान,अन्जु पन्त,रचना रिमाल,नारायण गोपाल लगायत धेरै गायक गायिकाका गितहरु एकदमै राम्रो गाएर चर्चामा आएकि छिन । उनिमा अदभूत लुकेको प्रतिभा भेटिन्छ । काठमाडौमा बसोबास गर्ने जादुमय स्वरकि धनी करुणा दाहालको प्रतिभा तारिफ योग्य रहेको छ । आजसम्म लुकेर रहेको गुम्सेको आवाज कतै सिकेकी छैनन तर उनको गायकी देखेर जो कोहि चकित पर्छन । सुपर अनलाइन टिभीका संचारकर्मी तथा कलाकार समीर सुवेदीले लिएको अन्तर्वार्तामा उनले निकै राम्रा राम्रा गितहरु एकपछी अर्को गर्दै सुनाइन । पुर्व को झापा सरम्पाडा मा सामान्य परिवार मा जन्मिएकि करुणा मामलिको काख मा पुल्पुलिएर हुर्किएकि हुन ।

उनेले आफ्नो बाल्यकाल र कक्षा आठ सम्म को पढाई गौरादह स्थित आफ्नो मामाघर मा बसेर पुरा गरेकि हुन भने त्यसपछि को शिक्षा लाई काठ्मान्डौमा बसेर निरन्तरता दिई रहेकि छिन । सानै देखि चन्चल र मिजासिलि स्वभाव कि करुणा गाउमा भजन कृतन र सास्कृकिक कार्यक्रम हुदा गित गाउने र सधै अग्रसर हुने गर्थिन । पढाई र गायन दुबैलाई सगै लैजाने उनको लक्ष्य रहेको बताइन ।

अन्तरवार्ताकै क्रममा प्रेम सम्बन्धको कुरा गर्दा लजाउदै प्रेमका लागी अहिले उमेर नपुगेको बताइन । गित गाएर गायिका ठूलो बन्ने ठूलो सपना बोकेकी करुणा अभिनय पनि उत्तिकै राम्रो गर्छिन । तर यहा कलाले मात्र भएर नहुने पैसाका कारण पनि कति कला बाहिर निस्कन नसक्ने बताउदै निकै मन दुखाइन । उनले भावुक हुँदै यस्तोसम्म भनिन तलको भिडियो हेर्नुहोला मीठो आवाज र उनको भनाइले तपाईंको मन छुनेछ ।

प्रतिक्रिया दिनुहोस