सोनी हाङ्मा लिम्बुको प्रेमी भनिएका डीकेन लिम्बु आए मिडियामा, गरे सबैलाई चकित पार्ने खुलासा


धरानमा सोनी हाङ्मा लिम्बुले आ त्मह त्या गरेको घटनाले अर्को मोड लिएको छ ।

माइती पक्षले आफ्नो छोरी चेलीको ह त्या भएको दावी गर्दै जा हेरी पनि दीईसकेको छ । त्यसपछि प्रहरीले थप अनुसन्धानका लागी सोनी हाङ्माको ससुरा, देवर, दुई आमाजू दीदीलाई पक्राउ गरिसकेको अवस्था छ । तर सोनीको श्रीमान युनिक लिम्बुले भने अर्कै दावी गर्दै मिडियामा आएका छन् । घटना सार्बजनिक भएसंगै उनले खुल्ला पत्र लेखेर समेत आफ्नो विचार राखी सकेका थिए । अहिले भने उनि मिडियाको टेलिफोन सम्पर्क मै आएर आफ्नो भनाई राखेका छन ।

उनीहरुले गत असार महिनामा मात्र विवाह गरेका थिए । विवाह पछि सिंगापुरे लाहुरे युनिक आफ्नो ड्युटी गर्न सिंगापुर गएका थिए । तर जब उनि सिंगापुर पुगे त्यसपछि आफ्नो श्रीमतीको विगत बारे थाहा पाएपछि उनि छाँगाबाट खसेको युनिक बताउछन । उनले आफुले धोका पाएको दावी गर्छन । श्रीमान युनिकले सोनी हाङ्माले आ त्मह त्या गर्नुको मुख्य दोषी भने कोरियामा भएको पुर्वप्रेमी भएको दावी गर्छन ।

यसै बीच सोनी हाङ्माको प्रेमीको आरोप लागेका डीकेन लिम्बु पनि मिडियाको सम्पर्कमा आएका छन । सोनी हाङ्माको श्रीमान युनिकले लगाएको आरोप सरासर झुट हो भन्दै उनले आफ्नो स्पष्टिकरण दिएका छन । डीकेनका अनुसार सोनी हाङ्मा र आफ्नो गाउ एकै ठाउ भएको हुदा उनीहरुको चिनजान धेरै पहिले देखि नै रहेको र सोल्टा सोल्टीको साइनोमा बोल्ने हुनाले अरुले प्रेमी प्रेमिकाको रुपमा हेरेको हुन सक्ने बताए ।

श्रीमान युनिक लिम्बुले लगाएको आरोप सबै असत्य भन्दै डीकेनले यदि आफ्नो गल्ति प्रमाणित भए कानुन अनुसार सजाय भोग्न पनि तयार भएको बताए । डीकेनसंग गरिएको पुरा कुराकानी हेर्नुहोस ।

सोनी हाङ्मको श्रीमान युनिकको भनाई भने यस्तो रहेको छ ।

प्रतिक्रिया दिनुहोस