बामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित, ४ बजे सपथ


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका छन् । गौतमलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य मनोनित गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

आज ४ बजे गौतमले राष्ट्रिय सभा सदस्यको सपथ लिने तयारी भएको बताइएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले त्यही सिटमा गौतमलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीलेसंविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम गौतमलाई मनोनित गरेकी हुन् ।

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि उक्त सिटमा राष्ट्रपति भण्डारीले गौतमलाई मनोनित गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस