हास्यकलाकार सन्तोष पन्तसंग भाइरल पुण्य गौतमको घम्सा घम्सी (भिडियो)


पछिल्लो समय पुण्य गौतम छ्याप्छ्यापति मिडियामा छाइरहेका छन् | अहिले उनीसंग भेट्न बरिष्ठ हास्य कलाकार पनि तम्तयार अवस्थामा बसिरहेका हुन्छन | नेकपा माले हुँदै तत्कालीन एमालेमा प्रवेश गरेका युवा नेता पुन्य गाैतम ‘विश्वास’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको सदस्य भएको भोलिपल्टै हटाइए । नेकपाको केन्द्रीय समितिबाट हटाइएपछि साथी र शुभेच्छुकबाट अाएको बारम्बारको फोन पछि उनले एउटा फेसबुक स्टाटस लेखेर अाफ्नो बारेमा बताएका छन ।

सानैदेखि राजनीतिमा होमिएका त्यागी ब्यक्ति हुन् गौतम । बाराको निजगढमा जन्मिएका उनले राजनीतिको माध्यमबाटै देश सेवा गर्ने उच्च भावनाबाट कम्युनिष्ट राजनीतिमा ३० बर्ष बिताएका छन् । बारम्बार षडयन्त्रको शिकार बन्दै आएको बताउने गौतम यसपटक झन् घोर षडयन्त्रको शिकार बन्नु परेको बताउँछन् । जिन्दगीको धेरैजसो उर्जा राजनीतिमा खर्चिएका गौतम चिरपरिचित कवि, साहित्यकार एवं पत्रकार समेत हुन् । मदन भण्डारी बिर्साउने भाषणकला भएका उनि अहिले बरिष्ठ हास्यकलाकार सन्तोष पन्तसँगको भेटमा यसरी हसाए ।

प्रतिक्रिया दिनुहोस