रौतहटका कोरोना संक्रमित वृद्ध पुरुषको वीरगञ्जमा मृत्यु


वीरगञ्ज,१५ असोज । रौतहटका कोरोना संक्रमित एकजनाको वीरगञ्जमा मृत्यु भएको छ । ईशनाथ नगरपालिका–४ बस्ने ७४ वर्षीय पुरुषको आज विहान मृत्यु भएको हो ।

नेशनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल (बाबा होटल आइसोलेसन)मा उपचारको क्रममा आज बिहान ८ः२५ मा मृत्यु भएको हो । उनलाई असोज ९ गते कोरोना संक्रमण पुष्टि भएपछि कोरोना अस्पतालमा उपचारका लागि लगिएको थियो । उनी मुटु रोगीसमेत थिए ।

प्रतिक्रिया दिनुहोस