दोबाटे फुटेर चिबे र कोपाले बनाए “हास्नु हुन्न है” आयो भाग-८ हासेर भुतुक्कै (भिडियो सहित)


दोबाटेको टिम फुटेर हास्नु हुन्न है नामक हास्य टेलीशृङ्खला बनिएको छ । भाग आठ सुपर अनलाइन टिभि मार्फत सार्बजनिक गरिएको छ । हास्नु हुन्न है नामक सिरियलमा विशेष भुमिका निर्बाह गरेका चुप्पी डनको अभिनयको सबैले तारिफ गरेका छन । पुर्बबाट तयार गरिने श्रृङखलालाई कलाकार समीर सुवेदी अनि आइन्द्र लिम्बू द्वारा लेखन निर्देशन गर्छन ।

झापा मोरङ तथा इलाममा सुटिङ हुने गाउले परिवेशमा तयार गरिएको हास्नु हुन्न है हेर्दा आफ्नै गाउँ घरकै कथा पाइन्छ अनि हेर्दा छुट्टै आनन्द आउँछ । यश टेलिसिरियलमा कलाकारहरु आइन्द्र लिम्बू (कोपा) र समीर सुबेदि (चिबे) लगायत अन्य कलाकारहरुमा श्याम गिरि, बि पि भट्टराई, सिला उप्रेती (बोजु) सुजन ढकाल,गणेश भट्टराई, टिकटकमा निकै चर्चामा रहेकी सलु पोख्रेल तथा अन्य धेरै कलाकारको अभिनय देख्न सकिनेछ ।

यस टेलि शृङ्खलामा कलाकार बन्ने सपना बोकेका अनि कला भएर पनि लुकेर रहेका प्रतिभाहरुलाई स्थान दिने योजना रहेको कलाकार तथा निर्देशक आइन्द्र र समिरले बताए । आफुहरु पनि कलाकारीतामा ठूलो सपना बोकेर बिगत दस बर्षदेखि संघर्ष गरिरहेको बताए । यश हास्य टेली श्रृङखला लाई सुपर अनलाइन टिभि मार्फत सार्बजनिक गरिएको छ ।

सम्पूर्ण दर्शकको सल्लाह सुझावलाई मध्यनजर गर्दै भरपुर मनोरन्जन दिने प्रयास रहेको निर्देशक समीर सुवेदी चिबे र आइन्द्र लिम्बू कोपाले बताएका छ्न । यस श्रृङखलामा सबै कलाकार अब्बल रहेका छन । समीर आइन्द्र मात्र हैन गणेश भट्टराई र सुजन ढकाल पनि सयौं कलाकारको दुरुस्तै आवाज निकाल्छन । नाम हास्नु हुन्न है भएपनी पेट मिचीमिची हसाउने छ यो सिरियलले तलको भिडियोमा हेर्नुहोला

प्रतिक्रिया दिनुहोस