चाडबाडमा फेरी बन्दाबन्दीतर्फ जान नपरोस्ः सरकार


सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले चाडबाडका बेला फेरि बन्दाबन्दीतर्फ जान नपरोस् भन्ने सरकारको चाहना भएको बताउनुभएको छ । यही असोज २२ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उहाँले नागरिकको जीवन रक्षा सरकारको प्रमुख दायित्व भएको स्पष्ट गर्नुभयो ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरुले गरेको प्रश्नको जवाफ दिनुहुँदै परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवाली । तस्वीर ः रत्न श्रेष्ठ, रासस

पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणमा तीव्रता आएको प्रसङ्ग उल्लेख गर्दै उहाँले अझै पनि सबै सचेत भएमा बन्दाबन्दी गर्नुपर्ने स्थिति नआउने बताउनुभयो ।

कोरोना भाइरसको महामारीविरुद्धको ल’डाइँमा काठमाडौंँ पछि परेकामा मन्त्री ज्ञवालीले असन्तुष्टि व्यक्त गर्दै काठमाडौँले कोरोना रोकथाम र नियन्त्रणका लागि देशका केही जिल्लाबाट राजधानीले सिक्नुपर्ने बताउनुभयो । बाँके, कपिलवस्तु, उदयपुर र वीरगञ्जमा भयावह बन्दै गएको कोरोना महामारीलाई कसरी त्यहाँका सम्पूर्ण
निकायले नियन्त्रणमा लिए भन्नेबारे झण्डै ४० लाख जनसङ्ख्या भएको काठमाडौँका नागरिक, जनप्रतिनिधि र सङ्घसंस्थालाई सिक्न उहाँले सल्लाह दिनुभयो । उहाँका अनुसार देशका सम्पूर्ण कोरोना सङ्क्रमितमध्ये झण्डै ६० प्रतिशत काठमाडौंँमा छन् ।

यसले विश्वभर १०

लाख ५० हजारभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको छ । यस वर्ष दशैँलगायत चाडवाड उल्लासका साथ मनाउने अवस्था नभएको बताउँदै उहाँले अभिभावक र ज्येष्ठ नागरिकको सुरक्षा एकदमै महत्वपूर्ण रहेको र उहाँहरुको जीवनमा हाम्रै हातमा भएको कुरालाई बिर्सन नहुनेमा जोड दिनुभयो ।

सरकारी नियुक्ति

गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी बल नेपालको विद्यमान जनशक्तिबाट राजस्व अनुसन्धान विभागमा सशस्त्र प्रहरी नायब उपरीक्षकका नेतृत्वमा ५० र उक्त विभाग मातहतका चार कार्यालयमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ जना खटाउन स्वीकृति दिएको सरकारका प्रवक्ताले जानकारी दिनुभयो । यस्तै युवा तथा खेलकूद मन्त्रालयको प्रस्तावमा राष्ट्रिय खेलकूद परिषद्मा प्रदेश नं १ बाट हरि खड्का, प्रदेश नं २ बाट मानदेव हजारा, वाग्मती प्रदेशबाट पुरेन्द्रविक्रम लाखे, गण्डकी प्रदेशबाट राजेशकुमार गुरुङ, लुम्बिनी प्रदेशबाट सुमित्रा चौधरी, कर्णाली प्रदेशबाट नन्दा बस्याल तथा सुदूरपश्चिम प्रदेशबाट एकिन्द्र कुँवरलाई सदस्यमा मनोनयन गर्ने निर्णय गरिएको छ ।

यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा लुम्बिनी विकास कोषका सदस्य सचिवमा सानुराजा शाक्यलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।
सोही मन्त्रालयको प्रस्तावमा नेपाल वायु सेवा निगमका महाप्रबन्धकमा डिमप्रकाश पौडेललाई नियुक्त गरिएको छ । यस्तै स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयको
प्रस्तावमा कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र विकास समितिका अध्यक्षमा डा वशिष्ठप्रसाद रिजाललाई नियुक्त गर्ने निर्णय गरिएको छ । यसैगरी निक्षेप तथा कर्जा सुरक्षण कोष सञ्चालक समिति अध्यक्षमा अर्थ मन्त्रालयका सचिव (राजश्वतर्फ) रामशरण पुडासैनीलाई नियुक्त गर्ने निर्णय गरिएको छ । मदिराको पैठारीको बन्देज हटाउने र अमेरिकी डलर ५० हजार डलरभन्दा बढी मूल्यको सवारी साधन ल्याउन फुकुवा गर्ने निर्णय पनि सरकारले गरेको छ ।

सरकारका प्रवक्ता ज्ञवालीका अनुसार सिंहदरबार वैद्यखाना विकास समितिका अध्यक्षमा डा बाबुराजा अमात्य, औषधि परामर्श परिषद्का सदस्यमा प्रा डा सङ्घरत्न बज्राचार्य, बाबुराम हुमागाईं र दीपकप्रसाद दाहाललाई मनोनयन गर्ने निर्णय गरिएको छ ।

यस्तै राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र विकास समितिका अध्यक्षमा प्रा डा देवबहादुर रोका क्षेत्री तथा राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव भरतराज
पौडेललाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी परराष्ट्र मन्त्रालयका सचिवमा पदस्थापन गर्ने निर्णय गरिएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस