हुम्लामा अनमी बोहराद्वारा औषधि निःशुल्क सहयोग


लामो समयदेखि मेडिकल सप सञ्चालन गर्दै आउनुभएका र जिल्ला अस्पताल हुम्लामा कार्यरत सिनियर अनमी सरिता बोहराले जनस्वास्थ्य कार्यालय हुम्लालाई औषधि सहयोग गर्नुभएको छ ।

उहाँले ५० प्रकारका रु दुई लाख मूल्य बराबरको औषधि जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहलाई आइतबार हस्तान्तरण गर्नुभयो । आफूले अस्पतालका काममा दिनरात खट्नुपर्ने अवस्था भएका कारण पसलमा राखिएका औषधि फोहोरमा फाल्नुभन्दा जनस्वास्थ्य कार्यालयलाई सहयोग गरेको बोहराले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस