नेकपा नेताले सम्झिए सानु पहाडी


दिवंगत सांसद सानुसिवा पहाडीको सातौ स्मृति दिनका अवसरमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेताले उहाँको योगदानलाई स्मरण गरेका छन् ।
दलित र विपन्न परिवारमा जन्मिएर पहाडीले नेपाली राजनीति र साङ्गीतिक क्षेत्रमा उल्लेखनीय छाप छाडेर गएको उहाँहरुको भनाइ छ । कार्यक्रममा प्रतिनिधिसभाका सांसद अगमप्रसाद बान्तवाले सिवाले गरेका कार्य कहिल्यै पनि नेकपाले बिर्सन नसक्ने बताउन्ुभयो भने नेकपा केन्द्रीय सदस्य धीरेन्द्र शर्मा ‘रमण’ले विगतका आन्दोलनमा सानुको भूमिका उल्लेखनीय भएको बताउनुभयो ।

नेकपाका इलाम जिल्ला कमिटीका अध्यक्ष एवं प्रदेश १ का भूमि, व्यवस्था तथा सहकारी राज्यमन्त्री राम रानाले भन्नुभयो,“सिवाको मृत्युले राजनीति र साङ्गीतिक क्षेत्रले एउटा अब्बल हस्ती गुमाउनुप¥यो”।

सिवा विसं २०१९ भदौ १५ गते ताप्लेजुङको फुङ्लिङमा जन्मिएर विसं २०३६÷०३७ देखि नै नेपाली विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानमा सहभागी हुनुभएको थियो । विकट ताप्लेजुङमा जन्मिएर पनि सिवाले तत्कालीन पञ्चायती शासकविरुद्धको आन्दोलनमा आफूलाई सामेल गराएर जनस्तरमा चेतना फैलाउन गाउँ–गाउँका महिलालाई घाँस÷दाउरा गर्दै गीतमार्फत चेतना छर्नुभएको थियो । उहाँको गत असोज २७ गते काठमाडौंमा निधन भएको भएको थियो ।

प्रतिक्रिया दिनुहोस