बेलायती सेनाको उच्च पदमा भर्ति भइन पहिलो नेपाली युवती


ब्रिटिश गोर्खा सेनाको उच्च पदमा पहिलो पटक एक नेपाली युवै भर्ति भएकी छन् । भूतपूर्व ब्रिटिश गोर्खा सैनिक बाबुकी छोरी २७ वर्षीया दन्त चिकित्सक (डेन्टिस्ट) अंशु गुरुङ बेलायती सेनाको क्याप्टेन पदमा भर्ती भएकी हुन् ।

पछिल्ला केही वर्षमा बेलायतबाटै फाट्टफुट्ट रुपमा केही नेपाली किशोरीहरु बेलायती सेनामा भर्ती भए पनि उच्च पदमा पुगेको पहिलो नेपाली युवती भने अंशु नै हुन् । पोखरा महानगरपालिका वडा नम्बर २२ भुम्दी निवासी अंशुका पिता पनि ६ गोर्खा राईफलका भूतपूर्व ‘कलर सार्जन’ हुन् । हाल भने गुरुङ परिवार बेलायतमा फार्नबरोमा बस्दै आएका छन् ।

बेलायतको क्वीन्समेरी युनिभर्सिटीबाट अध्यन सकेर रोयल मिलिटरी एकाडेमी कलेज क्यामबर्लीमा लामो तालिम सम्पन्न गर्दै उनी पहिलो पटक व्रिटिश सैनिक क्याप्टेन बन्दै नयाँ उच्च पदमा पुग्न सफल भएकी छन । शनिबार मात्रै तालिम पूरा गरेकी उनले क्याप्टेन पदको फुली लगाएकी छन् ।

अंशुका स्वर्गीय हजुरबुवा रामप्रसाद गुरुङ समेत भारतीय सेनामा कार्यरत थिए । उनले प्रतिष्ठित महावीरचक्र पदक प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस