कोदोको खिर बनाएर ‘बीबीसी मास्टर सेफ’ को टप ४ मा पुगे सन्तोष, नेपाली खाना विश्वभर चिनाउदै (भिडियो)


‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० यूके’ को शीर्ष ४ मा नेपाली सेफ सन्तोष साह पुग्न सफल भएका छन् । नेपाली खानालाई विश्वभर चिनाउने क्रममा उनले कोदोको खिर बनाएका थिए । ‘बीबीसी वान’ मा मंगलबार राति प्रसारित फाइनल राउन्डको पहिलो चरणबाट उनी टप ४ मा पुगेका हुन् ।

उत्कृष्ट ४ मा पुग्न सन्तोषले ‘इन्भेन्सन् राउन्ड’ मा डिजर्टको रुपमा कोदोको खिरसँगै आँपको कुल्फी र तराईमा प्रचलित आँपको ‘अमोट’ तयार गरेका थिए । त्यस्तै निर्णायकको आग्रहमा खरायोको ‘फ्रेन्च क्लासिक डिस’ लाई उनले नेपाली भुटन स्टाइलमा तयार पारेका थिए ।

सन्तोष पांच वर्षको हुदै उनको बुवाको मृत्यु भएको थियो । त्यसपछि उनको आमामा ठुलो पारिवारिक भार थपिएको थियो । फलस्वरूप सन्तोष करिब दश वर्षको हुदा देखि नै पेट पाल्न र पढ्नको लागि श्रम गर्न थाले । उनले करिब ६ किलोमिटर टाढाको फ्याक्ट्रीमा गएर पाउरोटी टाउकोमा राखेर बेच्न ल्याउथे । उनि पन्ध्र वर्षको हुदा एसएलसी पनि दिए तर उनि पास हुन सकेनन । त्यस पछी उनि भारत पसेको सन्तोष सन्तोष सुनाउछन ।

धेरै अनुभव नभएको पन्ध्र वर्षीय ठिटोले भारतमा पनि राम्रो काम पाउने कुरै भएन । उनले गुजरातको एक पांच तारे होटेलमा भाडा माझ्न थाले । उनले त्यति बेला नै होटेल पनि यति ठुलो हुने रहेछ भन्ने थाहा पाएको बताउछन । तिनै सन्तोष अहिले विश्वको नम्बर एक सेफ बन्ने होडमा छन । उनि सेफ कै रुपमा लन्डनमा कार्यरत छन । उनले निकट भविष्य मै नेपाली कुइजिन मात्र पाउने नेपाली रेस्टुरेन्ट खोल्ने योजनामा छन । त्यसको लागि कम्तिमा सय बढी रेसेपी समेत तयार भैसकेको उनि सुनाउछन ।

नेपाली संचारमाध्यमहरुसंग कुराकानी गर्ने क्रममा यस अघि नै फाइनलको लागी कोदोको केहि न केहि परिकार बनाउने घोषणा गरेका थिए। सन्तोष उत्कृष्ट ४ मा पर्न बनाएको खाना र त्यो क्षणको भिडियो हेर्नुहोस ।

०००

विवाह पछि पहिलोपटक श्वेता खड्का आफ्नो पति विजेन्द्रसंग टिकटकमा, भिडियो भाइरल हुदै (भिडियो)

अभिनेत्री तथा ब्यबसायी श्वेता खड्काले मङ्सिर २२ गते बिवाह गरेकी छिन् । अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको करिब ६ वर्ष पछी धनगढीका विजयन्द्रसिंह रावतसँग उनले दोश्रो बिवाह गरेकी हुन् । केहि समय देखि उनीहरु प्रेममा रहेको हल्ला चले पनि दुवै पक्षले स्वीकार गरेका थिएनन ।

उनीहरुको बिवाह राजधानीको गोर्कर्ण रिसोर्टमा आयोजित एक कार्यक्रममा भएको हो । पछिल्लो समय सामाजिक संजालमा निक्कै सक्रिय स्वेताले आफ्नो मनका कुराहरु त्यहि पोख्दै आएकी छन । विवाह अगाडी पनि आफ्नो निर्णयबारे सामाजिक संजाल मार्फत नै आफ्ना शुभचिन्तक माज जानकारी गराएकी थिइन ।

पछिल्लो केहि दिन उनको विवाहको तस्विर र समाचारले राम्रै ठाउ पाइरहेको छ । यसै बीच नवविवाहित श्वेता र बिजेन्द्रले विवाह पछि पहिलो टिकटक बनाएका छन । उक्त भिडियो पनि निक्कै भाइरल भैरहेको छ ।

श्वेता खड्काको टिकटक भिडियो हेर्न यहा क्लिक गर्नुहोस ।

०००

भाइरल खिरपुरी वाली बेहुली श्रीमानसगै पहिलो पटक मिडियामा, खुल्यो भित्रि कुरा (भिडियो)

काठमाडौँ । धनगढीकी बेहुली शान्ती शर्मा मुडवरीले आमालाई सम्झाउँदै गरेको भिडियो निक्कै भाइरल भएको छ । उनले ‘पर्सी आइहाल्न्या हुँ खिरपुरी बनाइराख्नु। अचार पनि, धेरै खान्या हुँ। हिजो कम खाँ हुँ नि मैले ! धेरै खान्या हुँ। नरुनु।’ भन्दै शान्तिले बेहुलीलाई माइती बिदा गर्नेक्रममा आमालाई सम्झाउँदै कारबाट भनेकी थिइन ।

‘विचार ग’रेस् है आफ्नो। आफ्नो शरीर स्वस्थ भएपछि मात्र सबै चिज हुन्छ है। ख्याल राख्नु।’ सोही भिडियोमा दुलहीको गाला सुम्सुम्याउँदै आमाले भनेको देख्न सकिन्छ। सारा मल्ल ठकुरीको टिकटक एकाउन्टबाट सार्वजनिक भएको यो भिडियो केही दिनमा नै लाखौँले हेरेका छन् । उक्त भिडियो अहिले युट्युबमा र फेसबुकमा पनि धेरै शेयर भैरहेको छ ।

उनको भिडियो अहिले टिकटकमा निक्कै भाइरल बनि रहेको छ । केहि दिन मै लाखौले हेरी सकेका छन । विबाहको दिन शान्तीले गरेको वाचा कबुल अनुसार उनी फेरी माइतीघर आएर मज्जासँग खाना खाएको अर्को भिडियोमा देख्न सकिन्छ । उनले आमाको हातबाट खिरपुरी र अचार पनि खाएकी छन्।

धनगढी उप–महानगरपालिका–५ हसनपुरकी शान्ति शर्मा मुडभरीको मंसिर २२ गते विवाह भएको थियो। माइतीघरबाट जन्ती बिदाइ गर्ने बेला शान्तिकी साथी सारा मल्ल ठकुरीले उनलाई सरप्राइज दिन जानकारी समेत नदिएर त्यो भिडियो कैद गरेकी थिइन् । नवदुलही शान्ति शर्मा मुडवरीले आफू भाइरल भएपछि मात्र भिडियो खिचिएकोबारे थाहा पाएको बताएकी छन्।

यसै बीच भाइरल बेहुली शान्ति शर्माको साथ उनको पति चिरिन्जीवी ओझा पनि मिडियामा आएका छन । भिडियो हेर्नुहोस ।

यसै बीच उक्त भाइरल भिडियो खिच्ने साथि पनि मिडियामा आएकी छन । भिडियो हेर्नुहोस ।

सामाजिक संजालमा भाइरल बनेकी शान्ति पहिलो पटक मिडियामा कुराकानी गर्न आएकी छन। भिडियो हेर्नुहोस ।

भिडियो हेर्नुहोस :

०००

स्वेताको मण्डब देखी बिदाई सम्मको भिडीयो, माईती छोड्दा बलिनधारा आशू (भिडियोसहित)

विवाह पश्चात पनि स्वेताले आफ्नो मनमा लागेको केहि कुरा र अठोट जाहेर गरेकी छन । उनि लेख्छिन – ‘अनत्वगोत्वा : मैले सिउँदोमा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफुलाई सजाएँ । मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालें । मेरो यो यात्रामा मेरा सम्पुर्ण इष्टमित्र , आफन्तजन , गन्यमान्य ब्यक्तित्व , शुभचिन्तक लगाएत मलाई सँधै साथ र समर्थन गर्ने मेरा संचारकर्मी मित्रहरुको सुवेक्षा र आशिर्वादको खाँचो छ । मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ । मैले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पुर्‍याउनु छ । निर्माणाधिन माझिटोललाई आज सँजिएको बिहेको मण्डप भन्दा पनि अझै सजाउनु छ । मैले थालेका ब्यावसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ । मैले अझ धेरै काम गर्न बाँकी छ । थाती रहेका मेरा कार्यहरुमा थप उत्साह र उमंग बोकेर लागी पर्नेछु ।म थप शसक्त नारीको रुपमा तपाईहरुको सामुन्ने प्रस्तुत हुनेछु । आगामी दिनमा एकल महिलाको शसक्तिकरणमा केहि गर्न पाए हुन्थ्यो भन्ने सोच छ । त्यस्लाई साकार बनाउनको लागी म प्र यासरत रहनेछु । अत : मलाई तपाइहरु सम्पुर्णको साथ , साल्लाह , सुझावका साथै शुभ-आशिर्वादको आवस्यक्ता छ । हिजोका दिनमा भन्दा पनि आगामी दिनमा मैले सबैबाट अझ धेरै माया, सदभाव र साथ पाउने आशा बोकेकी छु ।

तपाईकी उहि छोरी /चेली

श्वेता खड्का’

विवाहमा माईती छोड्दा स्वेताको आखामा आशु रोकिएको थिएन । केहि संचारमाध्यमहरुलाई मात्र प्रवेश दिइएको उक्त विवाह समारोहमा स्वेताका आफन्त र केहि गन्यमान्य व्यक्तिहरु उपश्थित थिए ।

भिडियो हेर्नुहोस :

विवाहको केहि तस्विरहरु :

०००

श्रीमती स्वर्गिय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी बिधुवी बहिनीले पुरै जीवन एक्लै काट्नु पर्छ भन्ने सोचले ग्रस्त केही ब्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ : श्वेता खड्का

काठमाण्डौ । नायिका श्वेता खडकाको दोश्रो बिहेको चर्चा यतिबेला सबै सञ्चारमाध्यम र सोशल मिडियामा चुलिएको छ । विबाहको विषयमा अहिलेसम्म आफ्नो जीवनमा कोही छैन, कोहीपनि होइन र बिहे गर्न भ्याउँदिन भन्दाभन्दै अन्ततः नायिका खडकाले धनगढीका विजेन्द्र सिंह रावतसंग विबाहको लगन गाँठो कस्न थालेकी हुन् ।

नायिका खडका र विजेन्द्रको विबाह आज मंसिर २२ गते हुने भएको छ । नायिका खडकाले श्रीले छाडेको ६ वर्षपछि दोश्रो बिहेको निर्णय लिएकी हुन् । उनको यो निर्णयलाई धेरैले स्वागत योग्य भएको प्रतिकृया दिनुकासाथै नयाँ बैबाहीक जीवनकोलागी अग्रीम बधाई पनि दिएका छन् ।

बिहेको अन्तिम तयारी पुर भईसकेको अवस्थामा नायिका श्वेताले आफ्नो पुर्व पति दिवंगत अभिनेता श्री कृष्ण श्रेष्ठ र उनका परिवारलाई सम्झिएकी छन् । उनले पुर्व पति श्री कृष्ण र उनका परिवारका सबै सदस्यले आफुलाई धेरै माया र सम्मान दिएको सम्झिंदै त्यो परिवारसंग कहिल्यै पनि नाता नटुट्ने पनि बताएकी छन् । उनले सामाजिक संजाल फेसबुकमा भर्खरै आफ्ना विचार राख्दै आफ्ना शुभचिन्तकलाई यसो भनेकी छन् ।

”म: जीवनको नविन यात्रामा

जीवनका बिभिन्न आरोह-अवरोह , उकाली-ओराली , सुख-दु:ख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पिर,ब्यथा, दु:ख अनि कष्टहरुसंग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि असमर्थ छु । ‘अचानोको पिँडा खुकुरीलाई थाहा हुन्न’ भनेझैं समयको दुस्चक्रले ममाथी प्रहार गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेको पिंडाहरु केवल मलाई मात्र थाहा छ ।

म देख्थें, मेरो अगाडि लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो जस्मा तिखा काँडा, ठुलाठुला पत्थर अनी आगोको ज्वालाहरु छरपस्ट भएर छरिएका छन् । मैले मेरो जीवनको बाटोमाथी छरपस्ट ति काँडाहरुलाई पन्छाउनु पर्नेछ , पत्थरहरुलाई फुटाउनु पर्नेछ अनी आगोको ज्वालाहरुलाई नाघ्नु पर्नेछ । “के म यसो गर्न सकुँला र ?” आँफैसंग प्रश्न गर्थें । आफ्नै प्रश्नमा आँफैले उत्तर दिन्थें ” कि हुती हारेर मर्नु पर्छ कि त हिम्मतका साथ अघी बढ्नुपर्छ ।” अत: मैले मृत्‍युलाई रोजिनँ, जीवनलाइनै रोजें । अनी जिन्दगीका हरेक समस्याहरुसंग जुध्दै क्रमश: अगाडि बढ्दै गएँ ।

‘एक्लै जीवन काट्न सकिन्छ’ भन्ने कठोर निर्णय लिएर विगत ६ बर्षदेखी एक्लै हिँडीरहेकी थिएँ म । मेरो यो एकल यात्राका बखतमा धेरै पटक लडेकी छु । “अब उठ्नै सक्दिन कि ” भन्ने कम्जोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आशा हुँदो रहेछ । महिनै पिच्छे करिव हप्ता दिनको लागि बिरामीको अवस्थामा पुग्ने मेरो शरीरले एक गिलास पानीसंगै औषधीको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदो रहेछ । मनभित्र गाँठो परेर बसेका अब्यक्त बहहरुलाई बोकेर हिंड्नु भनेको हजार टनको पत्थरलाई टाउकोमाथी बोकेर हिंड्नु भन्दा पनि कठिन रहेछ। तर मैले मेरा बहहरु ब्यक्त गर्ने कोसंग ? मैले साथीसंगतीहरुको भिडमा आँखा डुलाएर हेरें तर मेरो पिंडालाई महसुष गर्न सक्ने कोही देखिनँ । आफन्तहरुको घेरामा खोजेँ तर माइतीमा शरण लिएर बसेको म एकल नारीले आफ्नो पिंडा पोखेर माइतीलाई थप तनाव दिनु हुन्न भन्ने मनन गरें । अत: मेरो हरेक दु:खमा म एक्लै रोएँ, पिंडाहरुमा आँफै सम्हालिएँ अनी अनेकन समस्याहरुसंग एक्लै जुधिरहें ।

“मेरो एकल जीवनलाई नियालिरहेका मेरा धेरै हितैषीहरुले एउटा जीवन साथी खोज्नको लागि नसुझाएका पनि होइनन् तर एक पटक पुछिएको सिउँदोमाथी पुन: सिन्दुर भर्न आँट गर्ने कुनै निस्वार्थी हातहरु पाईन्छ र ? फुटेको चुरासंगै चक्नाचुर भएको मेरो विगतलाई जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको धनी कोही भेटिन्छ र ? अनी विगतमा मैले गुमाएको मेरो चोखो मायालाई पुन: फर्काएर मेरो जीवनमा खुशीको रङ्ग भरिदिने कुनै दयालु मन पाईएला र ? लौ,भनेको जस्तो निस्वार्थी, स्वच्छ र निष्कपटी ब्यक्ती पनि पाइयो रे , अनी के यो पुरुष प्रधान समाजले मेरो दोश्रो जीवनलाई स्विकार गर्ला र ?” म मेरा हितैषीहरुलाई प्रश्न गर्थें ।

आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु । विगतको पिँडालाई भुलाउने एउटा बहाना पाएकी छु । मेरो अतितलाई शहर्ष स्विकार गरी मसंगै सुख र दु:ख बाँड्न तयार एउटा साथी पाएकी छु । म, जीवनको दु:खद अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु । त्यसो भन्दैमा मैले मेरो अतिलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन । अतितका मिठा पलहरुलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नविन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन । तर मेरा परिवारका सदस्यहरुको निरन्तर प्रयास अनी साथीसंगतीहरु, अग्रज र दिग्गज ब्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरुले प्रदान गर्नु भएको हौशला, शाहस र प्रोत्साहनले आज म यो निर्णय लिनमा सफल भएकी छु । यती हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवस्य छ “के यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्विकार गर्ला र ?”

मलाई थाहाछ ‘श्वेताको आँखामा आँशु मात्रै देखिनु पर्छ’ भन्ने सोच बोकेका दुईचारजना ब्यक्तिहरुलाई मेरो यो निर्णयले पोल्नेछ । श्रीमती स्वर्गिय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी बिधुवी बहिनीले पुरै जीवन एक्लै काट्नु पर्छ भन्ने सोचले ग्रस्त केही ब्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ । तर म प्रती साहनुभुती राख्ने, मलाई सदैव खुशी देख्न चाहने अनी संधै मेरो सफलताको कामना गर्ने लाखौं शुभचिन्तकहरुको आशिर्वाद, सदभाव र सुवेक्षाले म प्रती रिस र इर्ष्याको सोच राख्ने दुईचार जनाले स्वत: हार खानेछन् ।

अत: कोरोनाको सन्त्रासका बिच जुरेको खुशीको माहौलमा मैले मेरा धेरै मित्रहरु, गन्यमान्य ब्यक्तित्वहरु, संचारकर्मीज्युहरु लगायत मेरा आफन्तहरु समेतलाई सामेल गराउन असमर्थ हुनेछु । महामारीको यो माहौलमा सिमित ब्यक्तिहरुलाई साँक्षी राखी जीवनको नयाँ यात्रा सुरु गर्दै गर्दा तपाईंहरु सम्पूर्णले मलाई आशिर्वाद दिनुहुनेछ भन्ने आशा र विश्वाश लिएकी छु ।

उही तपाईंकी छोरी/चेली

श्वेता खड्का”

०००

‘मेहन्दीको रङहरु सङ्गै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म …. ‘ लेख्दै स्वेताले सार्बजनिक गरिन लगनगाठो कस्नु अगाडीको पलहरु (फोटोफिचर)

अभिनेत्री स्वेता खड्काले आज मङ्सिर २२ गते धनगढीका विजेन्द्र सिंह रावतसंग लगनगाठो कस्दै छिन । विवाहको प्रारम्भमा हुने मेहन्दी कार्यक्रममा अभिनेत्री खड्का निक्कै खुसि देखिएकी छन ।

उक्त कार्यक्रममा खिचिएको केहि तस्विर आफ्नो सामाजिक संजालमा सार्बजनिक गर्दै स्वेताले लेखेकी छन – ‘ मेहन्दीको रङहरु सङ्गै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म …. । ‘ नया जीवनको लागी सबैले उनलाई शुभकामना समेत दिएका छन । पहिलो पति अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन पछी धेरै नै दुखि देखिएकी स्वेताको जीवनमा नया मोड आएको छ । उनको आगामी जीवनको लागि शुभकामना । तस्विरहरु हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस