दाना उद्योग सङ्घमा नयाँ नेतृत्व


नेपाल दाना उद्योग सङ्घ चितवनको १६औँ वार्षिक साधारणले बालचन्द्र खनालको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । आज यहाँ सम्पन्न साधारणसभाले पुनः उहाँलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा विनोद पोखरेल, सचिवमा ओमप्रकाश तिवारी, कोषाध्यक्षमा युवराज पाठक र सदस्यमा लीलाबल्लभ चापागाई, बुद्धिप्रसाद अधिकारी, रामचन्द्र अधिकारी, शिव पौडेल र निराजन खनाल रहनुभएको छ ।

साधारणसभामा सङ्घका केन्द्रीय अध्यक्ष रविन पुरीले कच्चा पदार्थमा विदेशी निर्भरता हटाउनुपर्ने बताउनुभयो । उहाँले सरकारले लगाएको कृषि सुधार शुल्क हटाउनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष नारायणहरि खत्री र टीकाराम पोखरेलले लागत मूल्य बढी हुँदा चल्ला, अण्डा र मासुको मूल्य बढी भएको गुनसो गर्नुभयो ।

कार्यक्रममा नेपाल दाना उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शङ्करप्रसाद कँडेल, संघका जिल्ला उपाध्यक्ष बिनोद पोखरेललगायतले दाना उद्योगका विविध समस्याका बारेमा अवगत गराउनुभएकोे । जिल्लामा २५ वटा दाना उद्योग रहेका छन् ।

प्रतिक्रिया दिनुहोस