आज एकै दिन २३ सय रुपैयाले घट्यो सुनको मुल्य


आज आइतबार सुनको मूल्यमा भारी गिरावट आएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आ सुनको मूल्य प्रतितोला २३ सय रुपैयाले घट्दै ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आज सुनसँगै चाँदीको भाउ पनि घटेको छ । यस दिन चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस