झापाबाट विराटनगर आउँदै गरेका युवकले बसको सिटमै प्राण त्यागे


विराटनगर,२६ पुष । झापाबाट बस चढेर विराटनगर आउदै गरेको युवक बसभित्रै मृत अवस्थमा फेला परेका छन् । आइतबार बिहान झापा केरखाबाट बस चढेका २६ वर्षीय युवक बसको सिटमा बसेकै अवस्थामा उनको मृत्यु भएको हो ।

जनसेवा यातायात प्रालिको मे१ख ३३३३ नम्बरको बसमा झापाबाट चढेका उनि विराटनगर बसपार्कमा नओर्लिएपछि बसका कर्मचारीले बस भित्र हेर्दा बसेकै ठाउँमा उनको मृत्यु भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार उनि मृगौला रोगबाट पिडित थिए । त्यसैको उपचारको लागि उनि विराटनगरको नेशनल किड्नी सेन्टरमा आएका थिए ।

०००

उमेश र सदीक्षाको घरमा काम गर्ने महिला आइन मिडियामा, घटना भएको बेलुका किचेनसम्म पुगेर फर्किएकी उनले खोलिन थप रहस्य (भिडियो)

काठमाडौँको टोका नगरपालिका–३ मा एक दम्पत्तिको शङ्कास्पद रुपमा मृत्यु भएको छ ।

शुक्रबार राति आफ्नै कोठामा सुर्खेत पुर्खेउली घर भएका उमेश केसी र श्रीमती सदीक्षा मृत फेला परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिनुभयो ।

राती ९ बजे उक्त घटना भएको थियो । केसी ओछ्यानमा मृ त अवस्थामा फेला परेको र गिरीको श व भ¥याङ नजिक झु ण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । दुवै जनाको श व परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । प्रहरी स्रोतका अनुसार श्रीमान्को ह त्या गरी श्रीमतीले पनि आ त्मह त्या गरेको अनुमान छ । तर श व परीक्षणपछि मात्रै घ टनाको तथ्य कुरा खुल्ने जनाइएको छ । केसीका परिवारले भने कर्तव्य गरेर घ टना घटाइएको आरोप लगाएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार केसीको टाउकोमा चोट लागेको छ । विसं २०७२ देखि अमेरिकामा बस्दै आएका केसीले केही महिनाअघि मात्रै ग्रिनकार्ड पाएको बताइएको छ । दशैँमा नेपाल आएका उनी अमेरिका फर्कने तयारीमा थिए ।

उनीहरुको घरमा काम गर्ने महिला मिडियामा आएर उनीहरुको सम्बन्ध बारे बोलेकी छन । उक्त घरमा काम गर्ने अनिता बिकसंग गरिएको कुराकानी हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस