फेवातालमा माछा मार्ने र बनभोज खाने भन्दै गएका सन्तोस अझै भेटिएनन (भिडियो रिपोर्ट)


पोखराको फेवातालमा माछा मार्ने र बनभोज गर्ने भन्दै गएका एकजना युवक गत पुस २२ गते देखि बेपत्ता भएका छ्न ।

पोखरा महानगरपालिका वार्ड न २२ पुम्दिभिम्दि भन्ने ठाउँको कालाबाङका २४ वर्षका सन्तोष परियार २ दिन देखि बेपत्ता भएका छ्न । घरमा बुवा आमा श्रीमती र ४ वर्षकि सानी छोरी पनि छिन । अलि अलि मादकपदार्थ प्रयोग गर्ने परियार माछा मार्न र पिक्निक खाने भनेर १२ जना सहितको टोलि फेवाताल आएका थिए ।

उनी सङै आएका साथीका अनुसार सबैजना खाना पकाउने ध्यानमा मस्त हुदा उनी कता हराए कता गए कसैलाई पनि थाहा भएन । पछि लामो समयसम्म उनी नआएपछी खोज्न सुरु गरियो । देउसोको १ बजे बाट हराएका उनलाई ४ बजे सम्म साथीहरुले खोज्ने प्रयास गरेका थिए । पिक्निक खाने ठाउँ भन्दा केही मिटर पश्चिम्मा उनको कपडा र चप्पल भेटिएको थियो । त्यसपछि साथीहरुले उनी पौडी खेल्न जादा डुबेको हुन सक्ने आशन्का गरेका छन । अहिले सशस्त्र प्रहरी बल, नेपाल आर्मी, नेपाल प्रहरी र स्थानिएको सहयोगमा उनको खोजी कार्य भैरहेको छ।

प्रतिक्रिया दिनुहोस