अब ड्राइभिङ लाइसेन्सको ट्रायलमा पुरै पास नहुदा पनि लाइसेन्स पाइने, ६० प्रतिशत अंक ल्याए पुग्ने


सवारी चालक अनुमतिपत्रको ट्रायलमा सरकारले सहजता ल्याउने गरि परीक्षाको निर्देशिका परिवर्तन गर्ने तयारी गरेको छ ।

यस अघि ट्रायलमा शतप्रतिशत पास भए मात्र सवारी चालक अनुमतिपत्र पाइन्थ्यो । तर अब यसलाई परिमार्जन गर्दै ट्रायलको पनि १०० पूर्णाङ्कमा कम्तिमा ६० अंक ल्याउनेलाई पनि सवारी चालक अनुमतिपत्र दिने व्यवस्था गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बताएको छ ।

अब ट्रायलमा गाह्रो मानिने प्यारामिटरलाई बढी अंकभार दिइनेछ भने सजिला प्याराममिटरलाई कम अंकभार छुट्याइनेछ । जस्तै फिगर-8 टेस्ट, न्यारो प्ल्यान्क टेस्ट, यू टर्न टेस्ट, ट्राफिक लाइट टेस्ट, स्पिट ब्रेकर टेस्ट, र्‍याम्प टेस्ट, ग्यारेज पार्किङ टेस्ट लगायतका प्यारामिटरलाई फरक-फरक अंकभर दिएर परीक्षा लिइनेछ ।

यस्तो व्यवस्थापछि ट्रायल पास गर्न नसक्ने भन्दै आत्मविश्वास गुमाएका चालकहरु पनि अ’वैध बाटोबाट लाइसेन्स निकाल्न नजाने सरकारी दावी छ । कोरोना महामारी संगै हजारौ सेवाग्राहीहरु सवारी चालन अनुमति पत्र लिने पर्खाईमा रहेको बेला यो निर्देशिकाले धेरैलाई राहत मिल्ने देखिन्छ ।

०००

आ’त्मह’त्या गर्नु अगाडी कन्चनले लेखेका थिए कन्चनलाई यस्तो अन्तिम पत्र, परिवारले गरे सार्बजनिक (भिडियोसहित)

चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रशंगले यतिबेला निक्कै चर्चा बटुलेको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले विष पिएर आ’त्मह’त्या गर्ने प्रयास गरेका छन् ।

विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा आएकी छन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुक मै मायाको कुरा भएको स्विकारिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताइन । कन्चनले काठमाडौँ लगेर जवर्जस्ती सिन्दुर लगाईदिएको समेत उनले बताइन । अनिशाको परिवारले छुट्टाईदिने भन्दै कन्चनले जबर्जस्ति सिन्दुर लगाई दिएको परिवारले पनि आरोप लगाएका छन । कन्चनले जवर्जस्ती सिन्दुर लगाएको फोटो खिचे पछि मात्र घर पुर्याईदिने भने पछी आफुले त्यसो गरेको अनिशाले बताइन ।

तर यता कन्चनका परिवारको भने अर्कै दावी रहेको छ । कन्चनका आमाका अनुसार अनिशाले धोका दिए पछि आफ्नो छोराले आ’त्मह’त्या गर्ने कोशिस गरेको हो । अहिले कन्चनको अस्पतालमा उपचार भइरहेको छ। उनको अझै सम्म होस् नआएको पारिवारिक स्रोतले जनाएको छ । यसै बीच कन्चन र अनिशाबीच भएको फेसबुक म्यासेजको कुराकानी सार्बजनिक भएको छ ।

यसै बीच कन्चनले आ’त्मह’त्या गर्नु अगाडी कन्चनको नामा लेखेको भावुक पत्र सार्बजनिक भएको छ । उक्त पत्र कन्चन कै परिवारले सार्बजनिक गरेका हुन् ।

कन्चनले आ’त्मह’त्या गर्नु अगाडी कन्चनले लेखेको हेर्न यहा जानुहोस ।

प्रतिक्रिया दिनुहोस