न्युज २४ बाट बाहिरिदै गर्दा रबि लामिछानेले खुलाए अर्को नया कार्यक्रमको बारेमा (भिडियो हेर्नुहोस)


बिहिबार प्रसारण भएको ‘सिधा कुरा जनतासंग’ कार्यक्रम नै न्युज २४ मा अन्तिम कार्यक्रम भएको छ । सामाजिक संजालमा एक स्टाटस मार्फत रबि लामिछाने आफैले यसको पुष्टि गरेका हुन् ।

उनले लेखेका छन – ‘भोलि प्रशारण हुने कार्यक्रमसँगै न्युज २४ टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछौ। यो साथ,सहयोग र अवसारकालागि सम्पुर्ण न्युज २४ परिवार सहित अध्यक्ष आदरणीय अनिल जोशी ज्यु तथा निर्देशक अदिश जोशी ज्यु प्रति आभार व्यक्त गर्दछु। मलाई विश्वास गरि मार्गदर्शन समेत गर्नु हुने आदरणीय निर्मल राज पौडेल/निता पौडेल तथा सम्पुर्ण वेलकम ग्रुप प्रति विशेष आभार व्यक्त गर्दछु।

उनले न्युज २४ छोडे पनि ‘सिधा कुरा जनतासंग’ भने नछोड्ने बताएका छन । तर टेलिभिजन भने बदलिने भएको छ । न्यूज २४ बाट रबि लामिछाने मात्र हैन उनको पुरा टिम नै बाहिरिएको लामिछानेले बताएका छन । उनले एक नया टेलिभिजनबाट कार्यक्रम लिएर आउने पक्का भएपनि कुन टेलिभिजन भन्ने भने सार्बजनिक भएको छैन ।

न्युज २४ बाट बाहिरिने बेला रबि लामिछाने र उनका टिमसंग गरिएको कुराकानी हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस