मुख्यमन्त्री शेरधन राई र जाङमु शेर्पाको विवाह भएकै दिन मिडियामा आएर बालिका खड्काले लगाइन यस्तो गम्भीर आरोप (भिडियो हेर्नुहोस)


काठमाडौं,११ माघ। प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र मोडल जाङमु शेर्पा विवाह बन्धन बाधिएका छन् । ४९ बर्षिया मुख्यमन्त्री राईले २३ वर्षीया जाङमु शेर्पालाई आइतवार विवाह गरेका हुन् ।

राजधानी काठमाडौंको एलिस पार्टी प्यालेसमा महामारीकाबीच केहि आफन्त र साथीभाई मात्रै भेला गरि विवाह गरेका हुन् । मुख्यमन्त्री राई भोजपुरका हुन् भने बेहुली बनेकी शेर्पाको पुर्ख्यौली संखुवासभा हो । बेहुला बनेका मुख्यमन्त्री राई र बेहुली बनेकी शेर्पा परम्परागत पोशाकमा सजिएका छन् ।

मुख्यमन्त्री राईको विवाह हुदै गर्दा राईलाई आफ्नो श्रीमान भन्दै आएकी बालिका खड्का पुन: मिडियामा आएकी छन। तर बालिका अहिले मात्र मिडियामा आएको नभएर २-३ वर्ष अगाडी नै शेरधन राईले आफुलाई धोका दिएको भन्दै भाइरल नै भइसकेकी पात्र हुन् । बालिकाले शेरधन राई आफ्नो श्रीमान भएको र अंश मुद्दा दायर गरेर चर्चामा आएकी थिइन् । तर, उनले अहिले मुद्दा फिर्ता लिइसकेकी छन्। खड्काले अरूको उक्साहटमा मुद्दा दायर गरेको भन्दै पछी मुद्दा फिर्ता लिएकी थिइन्।

पछिलो समय चुपचाप बसेकी बालिकाले राईले विवाह गर्न लागेको थाहा पाएपछि मानव अधिकार आयोगमा समेत निवेदन दिएकी छन । उनले अझै पनि राईले मेरो जीवन बर्बाद बनाएको दावी गर्दै आएकी छन ।

बालिका खड्काले शेरधन राईलाई लगाइन यस्तो गम्भीर आरोप । भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस