पत्याउनु हुन्छ, काठमाडौँको यो ठाउमा पाइन्छ ६५ रुपैया मै टन्न अघाइन्जेल खाना (भिडियो हेर्नुहोस)


काठमाडौ । अहिलेको महंगीमा देशको राजधानी काठमाडौंमै ६५ मा एक छाक खाना खान पाइन्छ भन्ने सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । यो कुरा सुन्दा पत्यार लाग्ने कुरा पनि भएन । तर काठमाडौको अनामनगरमा शनिबारदेखि ६५ रुपैयामै खाना खान पाइने भएको छ ।

लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको हाम्रो टिम नेपालले यस्तो सस्तोमा खाना खुवाउने ब्यवस्था गरेको हो । हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तका अनुसार न्यून आय भएका व्यक्तिहरुका लागि यस्तो ब्यवस्था गरिएको हो । लामो समय देखिको कोरोना जोखमका कारण आर्थिक क्षेत्र तहस नहस भएको छ । जसले न्युन आय भएकाहरुलाई समस्या छ । उनीहरुलाई लक्षित गरेर सस्तोमा खाना उपलव्ध गराउन लागिएको हो ।

सरकारले गत बर्षको चैतमा एक्कासी लकडाउन गरेपछि विचल्लीमा परेका गरिव तथा मजदुरहरुलाई खुल्ला मञ्चमा निःशुल्क खाना खुवाउदै आएको संस्थाले नै यस्तो सस्तोमा खाना खुवाउने ब्यवस्थ गर्न लागेको हो । उनीहरुले त्यसका लागि “हाम्रो खाना घर” संचालन गरेको छ । काठमाडौंको अनामनगरमा बिग मार्ट नजिकै नयाँ बनेको घरको दोस्रो तलामा हाम्रो टिम नेपालले खाना खुवाउनेछ ।

दैनिक १ हजारलाई खाना खुवाउने उद्देश भएको संस्थाका अध्यक्ष पन्तले जानकारी दिए । हाम्रो टिम नेपालले कपडा बैंक स्थापना गरेर गरिवलाई निःशुल्क कपडा वितरण गर्ने अभियान पनि सञ्चालन गर्दै आएको छ ।

भिडियो यहाँबाट हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस