अप्रत्यासित रुपमा आएको त्यो प्रश्न, जसले सानी यसरी झस्किइन् (भिडियोसहित)


तारा थुलुङ ‘अथाह’

बिहान करीव ९ बजे तिर सानीको मोबाइलको रिङ्ग बज्यो । कहाँ छौ, के गर्दै छौ? फोन रिसिभ गर्नासाथ उताबाट प्रश्न सोधियो । सानो काम परेर चोक निस्किएकी छु, सानीले सिधा जवाफ दिइन । सानीको जवाफ सुन्ने बित्तिकै फेरी प्रतिप्रश्न आयो – को सँग गाको ? कतै नाठोसँग त् हैन ? अप्रत्यासित रुपमा आएको त्यो दोस्रो प्रश्नले भने सानी झस्किइन् । के भन्ने के नभन्ने ? उनि अक्मकाइन । सानी आफुलाई भान्सामा चाहिने केहि सामान किन्दै थिइन् । उनि वास्तवमा एक्लै बाहिर गएकी त थिइनन । उनको साथमा थिइन ३ बर्षकी राम्ररी बोलि नफुटेकी सानी छोरी । उनलाई हातमा समातेर सानी बाहिर निस्किएकी थिइन् । घरमा छोडेर जाँदा हेर्ने मान्छे कोहि नभएकाले सानीले आफु जहाँ गएपनि छोरोलाई साथमै लिएर जाने गरेकी छिन । उनको श्रीमान् उनीहरुकै उज्ज्वल भविष्यको खातिर केहि वर्षका लागि प्रवाश गएका छन् । ऊ सानी र छोरीको माया नलागेर प्रवाश गएको पटक्कै हैन न कि सानीलाई आफ्नो श्रीमान्संगै बस्न मन नलागेर जवर्जस्ती श्रीमान्लाई प्रवाश पठाएकी हुन् । सानी पनि त एक पढेलेखेकी शिक्षित नारी नै हुन् । उनलाई राम्ररी थाहा छ कि एक अर्काको मुख हेरेर मात्र जिन्दगी चल्दैन । जसो तसो २ छाक त खाइएला तर भबिष्य त्यतिले मात्रै कहाँ बन्ला र? फेरी उनीहरु २ जना मात्रै छैनन् अब उनीहरुसंग उनीहरुको मुटुको टुक्रा एक सन्तान पनि त छ । उसको पालनपोषण गर्नु पर्यो, संस्कार दिनुपर्यो, राम्रो शिक्षा दिक्षा दिनुपर्यो । त्यसका लागि पनि त अहिलेलाई उनीहरुले केहि दुख गर्ने पर्यो । अहिले केहि दुख गरिराखे भबिष्यमा केहि सुख मिल्ला कि भन्ने उनीहरुको सोचाइ हो ।

हुन त एक जमातले भन्लान् – नेपालमै बसेर पनि त केहि गर्न सकिन्छ । हो नेपालमा केहि गर्नै सकिन्न भन्ने उनीहरुको पनि सोंच होइन तर नेपालमा केहि गर्नु भन्दा पहिले टोले डनसँग साठगाठ गर्नु पर्यो, पुलिस प्रशासनसंग कनेक्सन हुनुपर्यो, नेता चिन्नु पर्यो, उसको झोले बन्नु पर्यो, कुनै कार्यालयीय कामको लागि कर्मचारीलाई घुस दिने पैसा हुनुपर्यो, तल ग्रासरुट लेभलदेखि माथिसम्म राम्रो कनेक्सन हुनुपर्यो । तर बिचरा ! सानी र उनका श्रीमान् जस्ता सोझो अनि एक इमान्दर सर्वसाधारणको त्यत्रो पहुँच कहाँ पुग्न सक्नु र नेपालमै केहि गर्ने आँट गर्न सक्नु ? त्यो भन्दा बरु विदेश गयो सरासर ड्युटी गर्यो महिनामा तलव थाप्यो अनि नेपाल पठायो । आफुले पठाएको रकमबापतको केहि अंश राजस्वमा जम्मा हुन्छ र त नेपालका महामहिम देश चलाउने नेताहरुले भ्रष्टाचार गर्न पाउँछन् ।

बाँकी तलको भिडियोमा हेर्नुहोस्-

प्रतिक्रिया दिनुहोस