साथीहरुलाई साक्षी राखेर एक रुपैयाँ पनि खर्च नगरी मन्दिर अगाडी आशिषले सोफियालाई सिन्दुर हालेर गरे विवाह, भाइरल विवाहको बारे यसो भन्छन उनीहरु (भिडियो हेर्नुहोस)


हिजो आज एक युवा युवतीले मन्दिर प्रांगणमा विना कुनै पण्डित आफ्नो साथीहरुलाई साक्षी राखेर विवाह गरेको भिडियो टिकटकमा भाइरल भइरहेको छ । ति युवा युवती हुन् आशिष बिक्रम शाही र सोफिया दानी।

आशिसले सिन्दुरको पोको खोले र सोफियाको सिउदोमा हालीदिए, त्यसपछि सोफियाले आशिसको खुट्टा ढोगे अनि एक आपसमा अंकमाल गरे । साक्षी साथीहरुले ताली बजाए । यसरी सम्पन्न भएको एक अनौठो विवाहको भिडियो टिकटकमा भाइरल मात्रै भइरहेको छैन । उनीहरुको उक्त कदमको धेरैले समर्थन र माया पनि गरेका छन ।

अचम्मको कुरा त के भने उनीहरुले उक्त महत्वपूर्ण कदम उठाउदै गर्दा उनीहरुको परिवारलाई थाहा थिएन । तर पछि परिवारलाई सबै कुरा बताए पनि उनीहरुको पनि सहमति मिलेको आशिस र सोफिया बताउछन । उनीहरुले सामान्य तरिकाले सिन्दुर लगाएर विना तामझाम विवाह गरेर विवाहमा लाग्ने खर्च आफ्नो भविष्यमा केहि गर्न खर्च गर्ने समेत बताए ।

सिन्दुर लगाउदै गरेको भिडियो र नवविवाहित जोडीसंग गरिएको कुराकानी यहाँबाट हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस