चर्चित गायिका अन्जु पन्त र थिर कोइरालाले गरे चर्चमा विवाह (फोटो)


चर्चित गायिका अन्जु पन्त र थिर कोइराला विवाह बन्धनमा बाधिएका छन । यस अघि नै गायिका पन्तले थिरसंग विवाह गर्ने सार्बजनिक अभिव्यक्ति दिइसकेकी थिइन । पन्तले बिहे गर्ने बताएपनि मिति भने तय नभएको बताउँदै आएका थिए ।

दुवै जना क्रिस्टियन धर्मावलम्वी भएको हुनाले उनीहरुले चर्चमा विहे गरेका हुन् । उनीहरुको बिहेमा सिमित आफन्तहरु मात्र सहभागी रहेको वुझिएको छ । गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । मनोजराजले भने धेरै अगाडी नै दोश्रो विवाह गरिसकेका छन ।

समय वित्दै गएपछि छोरी परितोशिकाले अन्जु पन्तलाई विवाहको आग्रह गर्दै आएकी थिइन ।

प्रतिक्रिया दिनुहोस