आयआर्जनमा सहयोग पु¥याउन बाख्रा वितरण


प्रगतिशील युवा समाजले आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले केदारस्युँ गाउँपालिका वडा नं ३ र ६ मा ३० घरधुरीलाई बाख्रा वितरण गरेको छ । प्रगतिशील युवा समाज र वल्र्ड भिजन साझेदारीको पोषण तथा उत्थानशील जीविकोपार्जन कार्यक्रमअन्तर्गत बाख्रा वितरण गरिएको हो ।

केदारस्युँ–३ मा १० बाख्रा र पाँच पाठा वडा नं ६ मा २० बाख्रा गरी जम्मा ३० ब्याउने बाख्रा वितरण गरेको प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले बताउनुभयो ।

कोभिडबाट प्रभावित जोखिममा रहेका बालबालिकाका परिवार दलित, आर्थिक स्थिति कमजोर भएका परिवारलाई वितरण गरिएको र त्यसले गर्दा उक्त परिवारलाई कृषि तथा पशुपालनमा आत्मर्निभर बनाउने उद्देश्यका साथै आर्थिक स्थितिमा सुधार हुनेसमेत निर्देशक जोशीले बताउनुभयो । करीब तीन लाख ६० हजार रकम बराबरका बाख्रा वितरण गरिएको र वितरण गरिएका बाख्राको बीमासमेत गरिएको छ ।

यसरी नै गरीब निमुखा परिवारले पहिलोपटक संस्थाबाट बाख्रा सहयोग पाउँदा आफू खुशी भएको र बाख्राको हेरचाह पालनपोषण गरेर आम्दानीको स्रोतसमेत बढाउने वडा नं ६ का मकरबहादुर गुरुधामीले बताउनुभयो । साथै आफू गाडी चलाउन सिक्नका लागि ड्राइभिङ तालीममा समेत छनोट भएको र सीप सिकेर व्यवसायमा लाग्नेसमेत गुरुधामीले सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस