झापाको चारआलि जङ्गलमा होटल संचालकलाई यसरी मा.रियो, आफन्तले गरे यस्तो रहस्यको पर्दाफास (भिडियो सहित)


बिर्तामोडको गाउँले होटलका सञ्चालक तिलक निरौला चारआली जंगलमा मृत अवस्थामा फेला परेका छन । त्यससंगै जङ्गलमा एकाएक मानिसहरुको भिड बढेर प्रहरीलाई समेत अनुसन्धान गर्न गाह्रो भएको थियो ।

रहस्यमय मृत्यु भएका तिलक बिर्तामोड मनमोहन हस्पिटल छेउमा रहेको गाउँले होटल संचालन गर्थे । छिमेकीहरुका अनुसार सारै मिलनसार उनी सबैका प्यारा थिए । कसैले नसोचेको भयो भन्दै धेरै चिन्तामा देखिन्थे उपस्थित सबै । तिलक निरौला मोटरसाइकलसहित २ दिनअघि देखी बेपत्ता भएको सामाजिक सञ्जालमा सूचनाको रुपमा आएको थियो । खोजी कार्य तिब्र रुपमा गरेको परिवारले कतै भेट्न सकेन । उनको बारेमा मे. ९ प २२०९ नम्बरको साइन मोटरसाइकलसहित निरौला बेपत्ता भएको सामाजिक सञ्जालमा पोस्ट भएको थियो ।

चारैतिर चर्चा चलेको थियो । बिर्तामोड-५ बस्ने निरौलाको शव जंगलमा फेला परेको प्रहरीले जनाएको छ । ला.श जंगलभित्र रहेको र ह.त्या भए नभएको बारेमा अ.नुसन्धान गर्न प्रहरी टोली कुकुर सहित घटनास्थल पुगिसकेको र प्रारम्भिक अ.नुसन्धान समेत सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनास्थलमा पुगेर प्रहरीले घटनाबारे थप अ.नुसन्धान प्रक्रिया अघि बढाइसकेको छ । शब पोस्टमार्टमका लागि पठाइसकेर तिब्र गतिमा अ.नुसन्धान गरिदै गरेको प्रहरीले जनाएको छ । आज घटनास्थल पछि गाउँले होटलमा पुगेर तिलककि श्रीमती आमा र छोरीसंग कुराकानी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस