आज थप ५१७ जनामा कोरोना सङ्क्रमण पुष्टि,५ जनाको मृत्यु


काठमाडौँ,३० चैत्र।नेपालमा पछिल्लो समयमा कोरोना संक्रमणको संख्या दिन प्रतिदिन वृद्धि हुदै गएको छ । पछिल्लो २४ घण्टामा थप ५१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ५ हजार २०३ जनाको पिसिआर परीक्षण गर्दा ५१७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । भने १५३ जना निको भएका छन् । योसँगै मृत्यु हुनेको सङ्ख्या तिन हजार ५८ पुगेको छ । भने निको हुनेको संख्या दुई लाख ७४ हजार ३१८ पुगेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणको संख्या २ लाख ८० हजार ९८४ पुगेको छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ६०८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस