चर्चित गीतकार उदिम किरातीको ‘आफनै गाउँको ढुंगा प्यारो’ गीत सार्वजनिक


काठमाडौँ । गीतकार उदिम किरातीको शब्द रहेको ‘आफनै गाउँको ढुंगा प्यारो’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा गायक कुबेर राईको आवाज रहेको छ। पविधन खालिङको संगीत कम्पोज र एरेञ्ज रहेको गीतको भिडियो आफ्नै युट्युब च्यानल पविधन खालिङ अफिसियलमार्फत सार्वजनिक गरिएको छ।

गीतकार किरातीले आफ्नो जन्मदिने आमा भन्दा अरु कुनै पनि कुरा ठुलो नहुने गीत मार्फतमा उतारेका छन् । परदेशीएकाहरुले गाउको ति ढुङ्गा,माटो र बाटोहरु नै प्यारो लाग्ने पनि गीतमा मिठो तरिकाले उठाईएको छ ।

गीतको वाद्यवादन, भोकल रेकर्डिङ्ग लगायत स्टुडियोको सम्पूर्ण अडियो रेकर्डिङ्गको संयोजन र व्यवस्थापन वरिष्ठ संगीतकार तथा संगीत संयोजक सचिन सिंहले गरेका हुन् । भिडियो छाँयाकन तथा सम्पादन धन खालिङले गरेका हुन् । गीतको रेकर्ड एकौस्टटिक नेपालमा राजा बाबु र अजय रेकर्ड गरेका हुन् ।

भिडियो हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस