प्रधानमन्त्री देउवालाई चिनियाँ प्रधानमन्त्रीको बधाई


श्री शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा चीनका प्रधानमन्त्री ली खछ्याङले हार्दिक बधाई ज्ञापन गर्दै उहाँको कार्यकालको सफलताको कामना गर्नुभएको छ । चिनियाँ प्रधानमन्त्रीले आफ्ना नेपाली समकक्षी देउवालाई आज बधाई सन्देश पठाएर चीन र नेपालबीचको रणनीतिक सम्बन्ध र साझेदारी तथा अनन्तकालसम्म रहिरहने मैत्री चिनियाँ चाहना भएको बताउनुभएको छ ।

सन्देशमा चिनियाँ प्रधानमन्त्रीले वेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)मार्फत सहयोग, कोरोना महामारी नियन्त्रण, त्यसविरुद्धको प्रतिकार्य तथा महामारीका कारण थलिएको अर्थतन्त्रको पुनरुत्थानमा सघाउन चीन क्रियाशील रहने उल्लेख गर्नुभएको छ । साथै उहाँले पारस्परिक हितका खातिर काम गर्न तथा चीन र नेपालबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ तुल्याउँदै नयाँ उचाइ चुम्ने अभिलाषा प्रकट गर्नुभएको छ । नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री देउवालाई उक्त मन्त्रालयमार्फत आफ्ना प्रधानमन्त्रीको सन्देश आजै परराष्ट्रका अधिकारीलाई बुझाउनुभएको हो ।

यो पनि – प्रदेश प्रमुखको शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले आज शीतल निवासमा आयोजित कार्यक्रममा शपथ लिनुभएको हो । उहाँहरूलाई नेपाल सरकारको सिफारिशमा राष्ट्रपतिले मङ्गलबार नियुक्त गर्नुभएको थियो । सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षलगायतको उपस्थिति थियो ।

यो पनि – हिं’सा हुन नदिन सरकार गम्भीर छ- गृहमन्त्री खाँड

गृहमन्त्री बालकृष्ण खाँणले महिला तथा बालबालिकाविरुद्धका हिं’सा रोक्न सरकार गम्भीर रहेको बताउनुभएको छ ।महिला तथा बालबालिकामाथि हुने हिं’सा बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालले आज गृह मन्त्रालयमा बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले महिला तथा बालबालिका माथि भइरहेको हिं’सा रोक्न सरकार अत्यन्त संवेदनशील र गम्भीर रहेको बताउनुभएको हो । “सरकारको पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा गर्नु हो, निर्वाध ढङ्गले जनता बाँच्न पाउने सुरक्षा अनुभूति र सुरक्षा राज्यले प्रदान गर्छ”, उहाँले भन्नुभयो ।

सञ्जालकी अध्यक्ष कल्याणी रिजालले मुलुकमा पछिल्लो समय महिला हिंसाको घटना बढेको भन्दै महिला तथा बालबालिकामा हुने हिं’साको निष्पक्ष छानविन गरी अ’पराधीलाई हदैसम्मको स’जाय र पीडितलाई उचित राहतको व्यवस्था गर्न गृहमन्त्रीसँग आग्रह गर्नुभएको थियो । सञ्जालले निषेधाज्ञाका समयमा महिला तथा बालबालिकामाथि ब’लात्का’र, ह’त्याजस्ता अमानवीय र क्रुर घटना बढेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस