९ सय ९९ सिँढी चढेपछि स्वर्गको ढोका पुगिन्छ


एजेन्सी । दुनियामा को मानिस होला जसलाई स्वर्ग पुग्ने चाहना नहोला ? तर स्वर्गको अनुभव गर्न चाहने कोहीपनि मानिसलाई मर्ने इच्छा चाहीँ हुँदैन । अर्थात् जिउँदै स्वर्ग पुग्न पाए हुन्थ्यो भन्ने कल्पना हुन्छ सबैको । तर नमरी स्वर्ग देखिन्न भन्ने उखान अनुसार जिउँदै स्वर्ग पुग्न नसकिने यथार्थले मन अमिलो बनाउँछ ।

तर दुखी हुने कारण छैन । किनकी जिउँदै स्वर्ग जाने ढोका चीनमा पत्ता लागेको छ । उक्त स्वर्गको ढोकामा पुग्नका लागि ९ सय ९९ वटा सिँढी चढ्नुपर्छ । वास्तवमा चीनमा एउटा पहाडमा झण्डै ५ हजार फिटको उचाइमा एक गुफा छ । जुन दुनियाको सबैभन्दा अग्लोे गुफा हो । उक्त गुफालाई स्वर्गको ढोका पनि भनिन्छ ।

सन् २५३ मा पहाडको केही भाग खसेपछि उक्त गुफाको निर्माण भएको बताइन्छ । यो गुफाको लम्बाइ १९६ फिट तथा उचाई ४३१ फिट तथा चौडाई १८७ फिट छ । पहाडको धेरै उचाइमा रहेका कारण यो गुफा प्रायः बादलले ढाकिएको हुन्छ । सोही कारण पनि यसलाई स्वर्गको ढोका भनिन्छ । उक्त गुफामा जानका लागि केवल कार चढ्नुपर्छ ।

दुनियाको सबैभन्दा लामो तथा सबैभन्दा उचाइमा रहेको उक्त केवल कारको लम्बाई २४ हजार ४५९ फिट छ । यो केबलकार गिनिज बुकमा दर्ज छ । केबलकार तथा त्यसपछि थोरै सडकमार्गबाट ओर्लिसकेपछि गुफासम्म पुग्नका लागि ९ सय ९९ वटा सिँढी उक्लिनुपर्छ । ताओ दर्शनका अनुसार ९९९ सिँढी सर्वोच्च नम्बर हो र सम्राटको प्रतिक हो ।

बिसौँ शताब्दीमा तियानमेन पहाडमा एक झरना पनि थियो जुन केवल १५ मिनेटका लागि मात्र देखा पर्दथ्यो र त्यसपछि दिनभरका लागि हराउँथ्यो । झरनाको पानी १५ सय फिटबाट सिधै तल र्झदथ्यो । तर अहिले उक्त झरनाको नामोनिसान छैन ।स्वर्गको ढोका तथा यस्तो अद्भुत झरनाको इतिहास रहेको उक्त पहाडमा ठूलो परिमाणमा खजाना लुकाइएको विश्वास गरिन्छ । खजाना खोज्ने कोसिस धेरैले गरे तर कसैले पनि फेला पार्न सकेका छैनन् अहिलेसम्म ।

यो पनि – अंग्रेजी लेटर एम(M) बाट नाम शुरु हुने व्यक्तिहरु कस्ता हुन्छन् ?

काठमाडौं | अंग्रेजी लेटर एम बाट नाम शुरु हुने व्यक्तिहरु धेरै भाबुक किसिमका हुन्छन्। जहिले पनि गहिरो सोचाइमा डुबिरह ने हुनाले अरुको लागी घातक हुन्छन्, त्यसैले यस्ता व्यक्तिलाई एक्लै छोड्नु हुदैन । त्यस्ता व्यक्तिले सानितिनो कुरालाई पनि मनमा लिने गर्दछन् । त्यसैले यिनीहरुको मन दुखाई दिने कार्य गर्नु हुन्न । यी नामका व्यक्तिहरु संवेदनशील पनि उत्तिकै हुन्छन् । प्रेमको लागी जस्तो सुकै कार्य गर्न पनि पछ पर्दैनन् ।

उसो त धोका दिनेहरुलाई पनि त्यसै छोड्दैनन । भाग्यमानी हुने भएकाले धन र इज्जत दुवै प्राप्त हुन्छ। यस्ता मानिस राजनीतिमा बढी संग्लग्न हुन्छन् । मानिसहरु यस्ता व्यक्तिलाई मन पराउछन् । मन राम्रो हुन्छ,आफुलाई राम्रो गर्न मानिसलाई कहिल्यै हानी पुर्याउदैन।

यो पनि – जिन्स पाइन्टमा किन हुन्छ ठूलो सँगै सानो गोजी ? दैनिक जिवनका ४ रोचक तथ्य र वास्तविकता

हाम्रो जिवनमा केही यस्ता कुराहरु हुन्छन् जसलाई हामी हरेक दिन देखे भोगको हुन्छौँ तर त्यस्तो कुरा तथा घटना हुनु पछाडिको कारण कहिल्यैपनि जानेका हुँदैनौँ र जान्ने कोसिस पनि गर्दैनौँ । हाम्रो दैनिक जिवन सँग सम्बन्धित केही रहस्य तथा तथ्य र त्यसमा लुकेको गुह्य वास्तविकता यस्ता छन्ः

जिन्स पाइटको अगाडि पटि्टको गोजी माथि एउटा सानो गोजी हुन्छ र उक्त गोजीको दुबैपटि्ट बटन पनि हुन्छन् । यस्ता साना पकेट सिक्का राख्नका लागि होला भन्ने ठान्छौँ हामी । तर होइन । वास्तवमा १९ औँ सताब्दीमा गाइ गोठाला अर्थात् काउब्वाइज र सुनखानीमा काम गर्ने कामदारको घडी पकेट वाच राख्नका लागि यस्तो सानो गोजीको डिजाइन गरिएको हो । पहिले जिन्स पाइन्ट धेरैजसो श्रमिकहरुले लगाउँथे । कामदारहरुले काम गर्दा जिन्स पाइन्टको गोजी च्यातिने समस्या धेरै हुन्थ्यो । त्यसैले पाइन्टका गोजीलाई मजबूत बनाउनका लागि गोजीको दुबै कुनामा बटन हाल्ने चलन चलेको हो ।

कपडाको जुत्तामा किन राखिन्छ अतिरिक्त प्वाल ? कहिलेकाहीँ तपाइँलाई पनि अचम्म लाग्दो हो आखिर किन कुनै जुत्तामा साइडमा अतिरिक्त प्वाल राखिएको हुन्छ ? ती प्वाल कुनै तुना छिराउनका लागि बनाइएको होइन । जुत्तामा हावाको भेन्टिलेसनका लागि अतिरिक्त प्वाल बनाइएको हो । जसका कारण जुत्ताभित्रको खुट्टासम्मै हावा छिर्दछ ।

ताप्केको बिँडमा किन प्वाल हुन्छ ?: ताप्केको बिँडमा टुप्पोमा प्वाल हुन्छ । यसरी बिँडको प्वालको काम केवल ताप्के झुण्डाउनका लागि मात्र होइन । पकाउने बेला डाडु पन्यू घुसारेर राख्नका लागि पनि यसको प्रयोग हुन्छ ।

कि बोर्डमा एफ र जे अक्षरको की मा किन सानो लाइन हुन्छ ?: टाइप गर्ने बेला दुबै हातका गरी १० वटा औँला राखिने की हरु मध्ये एफ र जे अक्षरको की मा चो.र औँला पर्दछन् । त्यसैले कि बोर्ड नहेरीकन टाइप गर्दा समेत औँलाहरु सही की मा परुन् भन्नका लागि एफ र जे की मा केही उठेको सानो लाइन राखिएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस