नेपाल र बङ्गलादेशबीचको खेल बराबरी


नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो । खेलको विभिन्न समयमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।

खेलमा नेपालकी गीता राना ‘मोस्ट भ्यालुएबल’ खेलाडी घोषित भइन् । एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले हराएको थियो । एएफसी महिला एशियन कप–२०२२ छनोट खेल उज्बेकिस्तानमा आयोजना हुनेछ । छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।

यो पनि – पछिल्लो २४ घण्टामा थप ९११ जनामा कोरोना संक्रमित,एक हजार ४२३ जना कोरोना संक्रमणमुक्त

काठमाडौं,२७ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ९११  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७,८७८  पीसीआर र ३१४० एन्टीजेन परीक्षणमा ९११  जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ लाख ७७ हजार १६३पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएका ८६ हजार ६९४ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा एक हजार ४२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ७ लाख ३९ हजार ४५७ पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९४९  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस