विश्व तापक्रमलाई १.५ सेन्टिग्रेडमा सिमित राख्न अहिलेभन्दा सात गुणा बढी उत्सर्जन कटौति गर्नुपर्ने


विश्वले तापक्रमलाई १.५ सेन्टिग्रेडको सिमामा राख्न हो भने विश्वव्यापी कार्बन उत्सर्जन कटौतीलाई विश्व समुदायले वर्तमान योजनाभन्दा सात गुणा बढी कम गर्न आवश्यक रहेको राष्ट्रसंघले मङ्गलबार बताएको छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले यहि गतिमा अघि बढेमा अहिलेका राष्ट्रिय प्रतिबद्धताहरूले सन् २०३० को उत्सर्जन स्तरबाट ७.५ प्रतिशत अंश मात्र कम गर्ने प्रक्षेपण गरेको छ ।

तर पेरिस सम्झौताको तापक्रम लक्ष्यमध्ये सबैभन्दा महत्वाकांक्षी तापक्रम १.५ सेन्टिग्रेडसम्म राख्न ५५ प्रतिशत कटौती आवश्यक भएको कुरा जनाएको उक्त संस्थाले विश्व नेताहरूलाई स्मरण गराएको छ । संयुक्त राष्ट्रसंघीय जलबायु परिवर्तन नियन्त्रणका लागि २६ औ विश्व सम्मेलनका आयोजकहरूको भनाइअनुसार देशहरूले आफ्नो अर्थव्यवस्थालाई कार्बनवियोजन गर्ने दोब्बर प्रतिज्ञा मार्फत १.५ सेन्टिग्रेड लक्ष्यको लागि पृथ्वीलाई मार्गमा राख्न प्रतिबद्ध रहेको बताएका छन् ।

यो पनि – चीनले अफगानिस्तानलाई ६० लाख अमेरिकी डलर बराबरको सहयोग

दोहामा चीनसँग उच्चस्तरीय वार्ता भएको एक दिनपछि मङ्गलबार बेइजिङले अफगानिस्तानलाई ६० लाख अमेरिकी डलर बराबरको थप मानवीय सहायता दिने वचन दिएको अफगानिस्तानको तालिवान सरकारले जनाएको छ ।तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले चीनको सहायता औषधी र खाद्यान्नको लागि प्रयोग गरिने बताउनुभएको टोलो समाचार संस्थाले उल्लेख गरेको छ ।

तालिवानका उपप्रधानमन्त्री मुल्लाह बारादर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच दोहामा भएको दोस्रो सार्वजनिक भेटवार्तापछि यस्तो घोषणा गरिएको हो । दुवै पक्षले अफगानिस्तानको राजनैतिक र आर्थिक स्थितिबारे छलफल गरेको कुरा मुजाहिदले पत्रकार सम्मेलनमा बताउनुभएको खामा प्रेस न्यूज एजेन्सीले लेखेको छ ।वाङ यीसँग सोमबार भएको भेटमा मुल्ला बारादरले अफगान तालिबानले चीनको सुरक्षा चिन्तालाई ठूलो महत्व दिएको बताउनुभएको थियो । वाङले तालिबानले खुलापन र सहिष्णुताको थप प्रदर्शन गर्ने, देशका सबै जातीय समूहहरूलाई एकजुट भएर शान्तिपूर्ण पुनर्निर्माणका लागि सँगै काम गर्ने विश्वास व्यक्त गर्नुभएको चिनियाँ सञ्चारसंस्था ग्लोबल टाइम्सले आफ्नो समाचारमा लेखेको छ ।

प्रतिक्रिया दिनुहोस